Premier Cables
Premier Steel

खेलकुद

एसियन गेम्स छनोटको उपाधिका लागि आज नेपाल–हङकङ भिड्दै

Hamro Biratnagar News Channel Calendar सोमबार, जेठ २५, २०८३  | बिहान ९:४६ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । एसियन गेम्स पुरुष क्रिकेट छनोट प्रतियोगिताको उपाधिका लागि आज नेपाल र हङकङ आमनेसामने हुँदैछन्। सिंगापुरस्थित नेसनल क्रिकेट ग्राउन्डमा नेपाली समयअनुसार दिउँसो १२:१५ बजे सुरु हुने फाइनल खेलमा दुवै टोली अपराजित यात्रा कायम राख्दै च्याम्पियन बन्ने लक्ष्यसहित मैदान उत्रनेछन्।

प्रतियोगिताभर उत्कृष्ट लयमा देखिएको नेपालले सेमिफाइनलमा ओमानलाई ८ विकेटले पराजित गर्दै उपाधि नजिक पुगेको हो। उक्त खेलमा नेपाली बलरहरूले ओमानलाई ९४ रनमै समेटेका थिए भने ब्याटरहरूले मात्र ९.२ ओभरमा लक्ष्य पूरा गर्दै प्रभावशाली प्रदर्शन गरेका थिए।

बिज्ञापन

यता, हङकङले सेमिफाइनलमा मलेसियालाई ६ विकेटले हराउँदै फाइनल यात्रा तय गरेको हो। लगातारको राम्रो प्रदर्शनका कारण हङकङलाई पनि उपाधिको दाबेदार टोलीका रूपमा हेरिएको छ।

फाइनलमा नेपालले सुरुदेखि नै बलिङ आक्रमणमार्फत हङकङका ब्याटरमाथि दबाब सिर्जना गर्ने रणनीति अपनाउने अपेक्षा गरिएको छ। हङकङले भने अनुशासित बलिङ र चुस्त फिल्डिङमार्फत नेपालको रनगति नियन्त्रण गर्ने प्रयास गर्नेछ।

विशेषगरी पावरप्लेमा नेपालका शीर्षक्रमका ब्याटर र हङकङका बलरबीचको प्रतिस्पर्धा खेलको निर्णायक पक्ष बन्न सक्ने अनुमान गरिएको छ। उत्कृष्ट लयमा रहेका दुवै टोलीबीचको भिडन्तले रोमाञ्चक फाइनलको संकेत गरेको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka