Premier Cables
Premier Steel

खेलकुद

विश्वकप लिग-२: नेपालको दोस्रो हार

नोट: यो समाचार ४ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar बिहिबार, कार्तिक १३, २०८२  | साँझ ७:२८ बजे
Hamro Biratnagar Headlines

काठमाडौँ । आईसीसी विश्वकप लिग–२ अन्तर्गतको दोस्रो खेलमा नेपाल यूएईसँग ५ विकेटले पराजित भएको छ। बिहीबार दुबई अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा नेपालले दिएको २३४ रनको लक्ष्य यूएईले ४३.३ ओभरमा ५ विकेटको क्षतिमा पूरा गर्‍यो।

यो नेपालको लगातार दोस्रो हार हो। टस जितेर पहिले ब्याटिङ गरेको नेपालले पूरा ५० ओभर खेल्दै २ सय ३३ रनमा सबै विकेट गुमायो। कप्तान रोहित पौडेलले उत्कृष्ट प्रदर्शन गर्दै १०९ रनको शतकीय पारी खेले।

उनका अलावा कुशल भुर्तेलले ७, आसिफ शेखले ३५, भीम सार्कीले ३, आरिफ शेखले २७, दीपेन्द्रसिंह ऐरीले २३, सोमपाल कामीले ६, र करण केसीले १३ रन योगदान दिए। गुलशन झाले भने खाता खोल्न सकेनन्।

बलिङतर्फ यूएईका जाहिद अलीले ६ ओभरमा ४१ रन खर्चिएर ४ विकेट लिए। जुनेद सिद्दिकीले १० ओभरमा ५४ रन दिँदै ३ विकेट झारे भने मुहम्मद रोहिद र हैदर अलीले प्रत्येकी १–१ विकेट हात पारे।

*** समाप्त ***
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka