Premier Cables
Premier Steel

खेलकुद

युएईसँग नेपाल पराजित

Calendar आइतबार, कार्तिक २३, २०८२  | अपराह्न १:०९ बजे

काठमाडौं । हङकङमा जारी हङकङ इन्टरनेशनल सिक्सेस क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा नेपाल संयुक्त अरब इमिरेट्स (यूएई) सँग ४३ रनले पराजित भएको छ ।

यूएईले प्रस्तुत गरेको १३० रनको लक्ष्य पछ्याएको नेपाल निर्धारित ६ ओभरमा ४ विकेट गुमाउँदै ८४ रनममा समेटियो । नेपालका लागि मोहमद आदिल आलमले ३२ र सन्दीप जोराले अविजित ३१ रन जोडे ।

बिज्ञापन

त्यसअघि पहिले ब्याटिङ गरेको यूएईले निर्धारित ६ ओभरमा ५ विकेट गुमाउँदै १२९ रनको योगफल बनाएको थियो । उसका लागि निलाश केसवानीले सर्वाधिक ७३ रन र जाहिद अलीले ३० रन जोडे ।

नेपालका लागि राशिद खानले दुई विकेट लिए भने रुपेश सिंहले एक विकेट लिए । यो हारसँगै जारी प्रतियोगितमा नेपालको यात्रा समाप्त भएको छ ।

विभिन्न १२ टोली सहभागी यस प्रतियोगितामा नेपालले भारतलाई मात्र पराजित गर्न सक्यो । त्यसबाहेक सबै खेलमा नेपाल पराजित भयो । नेपाल अफगानिस्तान, दक्षिण अफ्रिका र श्रीलंकासँग पराजित भएको थियो ।

*** समाप्त ***
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Pigeon Advertising Biratnagar
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka