Premier Cables
Premier Steel

अन्तराष्ट्रिय

उत्तर कोरियामा नयाँ युरेनियम सम्वर्धन केन्द्र, परमाणु शक्ति विस्तार गर्ने किमको घोषणा

Hamro Biratnagar News Channel Calendar शुक्रबार, जेठ २२, २०८३  | बिहान १०:०२ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । उत्तर कोरियाले परमाणु हतियार निर्माणका लागि आवश्यक इन्धन उत्पादन गर्ने नयाँ केन्द्र सार्वजनिक गर्दै आफ्नो परमाणु क्षमता थप विस्तार गर्ने संकेत दिएको छ। यससँगै सर्वोच्च नेता किम जोङ उनले देशको परमाणु शक्तिलाई तीव्र गतिमा सुदृढ बनाउने योजना अघि बढाउने घोषणा गरेका छन्।

उत्तर कोरियाको सरकारी समाचार संस्था केसीएनएका अनुसार किमले बुधबार उक्त केन्द्रको निरीक्षण गरेका थिए। निरीक्षणपछि उनले राज्यको परमाणु शक्ति विस्तारका लागि तयार पारिएको दीर्घकालीन योजनालाई कार्यान्वयन गर्ने प्राथमिकता स्वीकृत गरिएको बताएका छन्।

बिज्ञापन

केसीएनएले केन्द्रमा अत्याधुनिक प्रविधि प्रयोग गरिएको जनाएको भए पनि यसको स्थान र अन्य प्राविधिक विवरण भने सार्वजनिक गरेको छैन।

यता, दक्षिण कोरियाको संयुक्त सैन्य कमान्डले उक्त स्थल युरेनियम सम्वर्धन केन्द्र भएको निष्कर्ष निकालेको छ। दक्षिण कोरियाली सैन्य अधिकारीहरूले उत्तर कोरियाका परमाणु गतिविधिमाथि निगरानी राख्न अमेरिकासँग घनिष्ठ समन्वय जारी रहेको बताएका छन्।

केसीएनएले सार्वजनिक गरेका तस्बिरहरूमा किम चाँदी रङका ट्युब र पाइपहरूले भरिएको साँघुरो मार्ग हुँदै हिँडिरहेको देखिन्छ। विश्लेषकहरूका अनुसार त्यो संरचना युरेनियम सम्वर्धनका लागि प्रयोग हुने ‘सेन्ट्रिफ्युज हल’ जस्तो देखिन्छ।

अर्को तस्बिरमा किम वरिष्ठ अधिकारीहरूसँग बैठकमा सहभागी भएको देखिन्छ। बैठक कक्षको टेबलमा ‘कोन’ आकारको वस्तुको धमिलो बनाइएको चित्र राखिएको थियो। उक्त चित्र परमाणु युद्धशीर्षकको डिजाइनसँग सम्बन्धित हो वा होइन भन्ने विषय भने स्पष्ट हुन सकेको छैन।

उत्तर कोरियाले युरेनियम सम्वर्धन केन्द्र सार्वजनिक गरेको यो तेस्रो पटक हो। यसअघि सन् २०२४ मा पनि उसले अर्को गोप्य युरेनियम सम्वर्धन केन्द्रका तस्बिर सार्वजनिक गरेको थियो। त्यस्तै, सन् २०१० मा अमेरिकी विज्ञहरूको टोलीलाई योङब्योनस्थित मुख्य परमाणु परिसरभित्र रहेको यस्तै केन्द्र अवलोकन गराइएको थियो।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka