Premier Cables
Premier Steel

विराटनगर

पञ्चाली संस्कृत विद्यालयका आवासीय विद्यार्थीलाई रोटरी क्लबद्वारा शीतल पेय तथा आँप वितरण

Hamro Biratnagar News Channel Calendar बुधबार, जेठ २०, २०८३  | अपराह्न ३:३९ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । बढ्दो गर्मीलाई मध्यनजर गर्दै रोटरी क्लब अफ विराटनगर डाउनटाउनले पञ्चाली संस्कृत विद्यालयका आवासीय विद्यार्थीहरूलाई शीतल पेय ‘ठण्डाई’ तथा आँप वितरण गरेको छ।

विद्यालयमा अध्ययनरत करिब ८० जना आवासीय विद्यार्थीलाई लक्षित गरी आयोजित कार्यक्रममा ठण्डाई, आँप तथा अन्य सामग्री वितरण गरिएको थियो। घरपरिवारबाट टाढा रहेर अध्ययन गरिरहेका विद्यार्थीहरूलाई गर्मीबाट केही राहत मिलोस् भन्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको क्लबले जनाएको छ।

बिज्ञापन

कार्यक्रममा क्लबका अध्यक्ष रोटेरियन गिरिजा सारडा, सचिव रोटेरियन पूनम राठी लगायत क्लबका सदस्यहरू तथा परिवारजनको सहभागिता रहेको थियो। सहभागीहरूले विद्यार्थीहरूसँग समय बिताउँदै आत्मीयता र सद्भावको सन्देश समेत दिएका थिए।

कार्यक्रमका लागि आवश्यक सामग्री उपलब्ध गराउन श्रीमती सम्पत सारडा, रोटेरियन अनु सारडा, रोटेरियन पूनम राठी, रोटेरियन सविता धनावत तथा रोटेरियन दीप्ति तोदीले सहयोग गरेका थिए।

रोटरी क्लब अफ विराटनगर डाउनटाउनले यस्ता साना तर प्रभावकारी सामाजिक गतिविधिमार्फत समुदायसँगको सम्बन्ध अझ मजबुत बनाउँदै सेवा कार्यलाई निरन्तरता दिने जनाएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka