Premier Cables
Premier Steel

विराटनगर शिक्षा

विराटनगरमा अवैध ‘एजुकेसन कन्सलटेन्सी’को बिगबिगी, आठवटा मात्र संघीय मन्त्रालयमा दर्ता

व्यवसाय दर्ता नै नगरी संचालित पनि छन्

सन्तोष बास्तोला Hamro Biratnagar News Channel Calendar मंगलबार, जेठ १९, २०८३  | बिहान ११:०५ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । विराटनगरमा सञ्चालन भइरहेका अधिकांश एजुकेसन कन्सलटेन्सी कानुनी प्रक्रियाबिना नै सञ्चालनमा रहेको पाइएको छ। संघीय शिक्षा मन्त्रालयको अभिलेखअनुसार महानगर क्षेत्रमा अनुमति प्राप्त कन्सलटेन्सीको संख्या सीमित भए पनि दर्जनौं संस्था नियमविपरीत सेवा दिइरहेको भेटिएको हो।

शिक्षा मन्त्रालयले सार्वजनिक गरेको विवरणअनुसार विराटनगरमा जम्मा आठ वटा एजुकेसन कन्सलटेन्सीले मात्र शैक्षिक परामर्श तथा सम्बन्धित सेवा सञ्चालनका लागि अनुमति प्राप्त गरेका छन्। तर, व्यवहारमा भने करिब ३९ वटा कन्सलटेन्सी सञ्चालनमा रहेको पाइएको छ।

बिज्ञापन

विराटनगर महानगरपालिकाले गरेको अनुगमन तथा अध्ययनका क्रममा ६ वटा कन्सलटेन्सीले व्यवसाय दर्तासमेत नगरी सञ्चालन गरिरहेको खुलेको छ। महानगरका अनुसार बाँकीमध्ये धेरैले व्यवसाय दर्ता गरे पनि शिक्षा मन्त्रालयबाट आवश्यक स्वीकृति नलिई सेवा प्रदान गरिरहेका छन्।

महानगरले कानुनी प्रक्रिया पूरा नगरी सञ्चालनमा रहेका यस्ता संस्थामाथि कारबाहीका लागि सम्बन्धित निकायलाई परिपत्र गर्ने तयारी गरेको जनाएको छ।

मन्त्रालयको विवरणअनुसार विराटनगरमा दर्ता भएका संस्थामध्ये केहीलाई मात्र शैक्षिक परामर्शसँगै आईईएलटीएस तथा पूर्वतयारी कक्षा सञ्चालन गर्ने अनुमति छ। तर, अनुमति नलिएका धेरै कन्सलटेन्सीले विदेश अध्ययनका लागि विद्यार्थी पठाइदिने भन्दै आईईएलटीएस र अन्य तयारी कक्षा सञ्चालन गरिरहेको पाइएको छ।

मन्त्रालयको अनुमति लिनेहरुमा विराटनगरका एडु गाईड कन्सलटेन्सी (शैक्षिक परामर्श र पूर्वतयारी कक्षा ब्रिज कोर्स), एडु मार्क कन्सलटेन्सी (शैक्षिक परामर्श र पूर्वतयारी कक्षा ब्रिज कोर्स), बेन्चमार्क एकेडेमी, अपूर्व एजुकेसन कन्सलटेन्सी(आईईएलटीएससहित), निम्बल इन्टरनेशनल (आईईएलटीएससहित), एचीभर्स कन्सलटेन्सी(शैक्षिक परामर्शमात्र), डायनामिक एजुकेसन (आईईएलटीएससहित) र गुरुकुल एजुकेसन(शैक्षिक परामर्शमात्र) रहेका छन् ।

यता, महानगरपालिकाको तथ्यांकअनुसार वर्ल्डपाथ एकेडेमी, होराइजन एजुकेसन, ओली एन्ड एसोसिएट्स, विराट मल्टिपल कोरियन इन्स्टिच्युट, संकल्प क्लासेस र एसएस एजुकेसन कन्सलटेन्सीले व्यवसाय दर्तासमेत नगरी सञ्चालन गरिरहेका छन्।

महानगरका अनुसार ट्राफिक चोक, हिमालय रोड र नीलसदन रोड आसपास एजुकेसन कन्सलटेन्सीको संख्या बढी छ। तीमध्ये कतिपय संस्थाले भारतलगायतका देशमा अध्ययनका लागि विद्यार्थी पठाइदिने भन्दै कक्षा सञ्चालन र विद्यार्थी आकर्षित गर्ने गतिविधि गरिरहेका छन्।

विराटनगरमा संचालित कन्सलटेन्सीको विवरण, रातो लगाएकाले व्यवसाय दर्ता नै गरेका छैनन् ।

 

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Bagmati homepage
Rathi Cable
Hamrobiratnagar
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka