Premier Cables
Premier Steel

स्वास्थ्य

निजी अस्पताललाई सरकारको निर्देशन, सामान्य बिरामी उपचार गरे भुक्तानी हुँदैन

Hamro Biratnagar News Channel Calendar मंगलबार, जेठ १९, २०८३  | बिहान ९:४६ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । स्वास्थ्य बीमा बोर्डले निजी अस्पतालहरूलाई आकस्मिक उपचार आवश्यक भएका बिरामीलाई मात्र स्वास्थ्य बीमा अन्तर्गत सेवा उपलब्ध गराउन निर्देशन दिएको छ। सामान्य प्रकृतिका बिरामीलाई आकस्मिक सेवा देखाएर गरिएको दाबीको भुक्तानी नहुने बोर्डले स्पष्ट पारेको छ।

बोर्डले जेठ १८ गते जारी गरेको सूचनामा आकस्मिक उपचार आवश्यक पर्ने बिरामीलाई मात्रै आकस्मिक स्वास्थ्य सेवा प्रदान गर्न भनिएको छ। उपचारका क्रममा भर्ना वा शल्यक्रिया आवश्यक परेमा उपचार पद्धति अनुसार सेवा दिएर डिस्चार्ज गर्न पनि अस्पतालहरूलाई निर्देशन दिइएको छ।

बिज्ञापन

सूचनामा सामान्य प्रकृतिका बिरामीलाई आकस्मिक सेवा अन्तर्गत उपचार गरी दाबी पेश गरिए त्यस्ता दाबीहरू स्वीकृत नगरिने उल्लेख गरिएको छ। साथै सेवाग्राहीलाई पनि सूचनाको पालना गर्न र सेवा प्रदायक संस्था तथा स्वास्थ्यकर्मीमाथि अनावश्यक दबाब नदिन आग्रह गरिएको छ।

बढ्दो वित्तीय संकटलाई कारण देखाउँदै स्वास्थ्य बीमा बोर्डले जेठ १६ गतेदेखि अर्को व्यवस्था नभएसम्म निजी स्वास्थ्य संस्थामार्फत प्रदान हुँदै आएका स्वास्थ्य बीमासम्बन्धी आकस्मिक सेवामा कटौती गरेको छ।

हाल ३६ वटा निजी स्वास्थ्य संस्थाले स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गरिरहेका छन्। तर बीमा कार्यक्रम आर्थिक संकट, बक्यौता भुक्तानी र प्रशासनिक कमजोरीका कारण समस्यामा परेको भन्दै आलोचना बढिरहेको छ।

निजी अस्पतालहरूले वर्षौंदेखि प्राप्त गर्नुपर्ने अर्बौं रुपैयाँ भुक्तानी रोकिँदै आएको र सोही आर्थिक दबाबका कारण बोर्ड सेवा सीमित गर्न बाध्य भएको स्रोतहरूको भनाइ छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Bagmati homepage
Rathi Cable
Hamrobiratnagar
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka