Premier Cables
Premier Steel

समाचार

अन्तर्राष्ट्रिय बजारमा बढेपनि नेपालमा पेट्रोलियम मूल्य स्थिर

नोट: यो समाचार २ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar सोमबार, जेठ १८, २०८३  | बिहान ६:२७ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत् राखेको जनाएको छ।

अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य वृद्धि भए पनि नेपालमा हालका लागि मूल्य समायोजन नगरेको निगमले स्पष्ट पारेको छ।

बिज्ञापन

निगमका अनुसार पेट्रोलको पहिलो वर्गअन्तर्गत प्रतिलिटर २१४ रुपैयाँ ५० पैसा, दोस्रो वर्गमा २१६ रुपैयाँ र तेस्रो वर्गमा २१७ रुपैयाँ कायम रहेको छ।

त्यसैगरी, डिजेल तथा मट्टितेलको पहिलो वर्गमा प्रतिलिटर २२२ रुपैयाँ ५० पैसा, दोस्रो वर्गमा २२४ रुपैयाँ र तेस्रो वर्गमा २२५ रुपैयाँ निर्धारण गरिएको छ।

हवाई इन्धन (आन्तरिक) को मूल्य प्रतिलिटर २६९ रुपैयाँ कायम रहेको निगमले जनाएको छ। यस्तै, १४.२ केजी क्षमताको एलपी ग्यास सिलिन्डरको मूल्य २,१६० रुपैयाँ रहेको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka & Sumit Thapa