Premier Cables

कोशी प्रदेश

गणतन्त्र दिवसमा काेसी सरकारकाे कन्सर्ट, चर्चित कलाकार विराटनगर आउँदै

नोट: यो समाचार १ वर्ष ३ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar मंगलबार, जेठ १३, २०८२  | साँझ ६:५० बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । कोसी प्रदेश सरकारले कन्सर्ट आयोजना गरी गणतन्त्र दिवस मनाउने भएको छ । जेठ १५ गते दिवस मनाउने विभिन्न तयारी गरिएको बताइएको छ । गणतन्त्र दिवसको अवसरमा विराटनगरमा कलाकारहरुलाई ल्याएर कन्सर्ट गरिने छ ।

महेन्द्र चौकमा अपरान्ह ३ बजे आयोजना गर्ने कन्सर्टमा गायिकाहरु रचना रिमाल, गंगा गौतम, अञ्जु गौतम, सृष्टि हिङ्माङ र गायक सुमित खड्काको प्रस्तुति रहने आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जनाएको छ । यस्तै कार्यक्रममा नेपाल प्रहरीको ब्याण्डको पनि प्रस्तुति दिने छ । राष्ट्रिय भावनाले ओतप्रोत भएका गितहरुको प्रस्तुति कन्सर्टमा हुने मुख्यमन्त्री हिक्मतकुमार कार्कीका प्रेस सल्लाहकार बिक्रम लुइँटेलले बताए ।

विज्ञापन

गणतन्त्र दिवसकै अवसरमा जेठ १४ गते संघीय लोकतान्त्रिक गणतन्त्रका उपलब्धि, अवसर संभावना र चुनौती विषयक अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको मुल समारोह समितिले जनाएको छ । कार्यक्रममा नेकपा एमालेका प्रदीप ज्ञवालीले कार्यपत्र प्रस्तुत गर्ने छन् । यसैगरी कांंग्रेसका नेता डा. मिनेन्द्र रिजाल र नेकपा माओवादी केन्द्रका नेता हरिबोल गजुरेलले टिप्पणी गर्ने छन् ।

मुख्यमन्त्रीको अध्यक्षतामा रहेको गणतन्त्र दिवस प्रदेशस्तरीय मुल समारोह समितिले जेठ १५ गते रोडषेश चोकबाट महेन्द्र चौकसम्म प्रभातफेरी गर्ने छ । सोही दिन आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा पत्रकार सम्मान तथा निबन्ध प्रतियोगिताका विजेतालाई सम्मान गर्ने छ । अपरान्ह कन्सर्ट आयोजना गर्ने तय गरेको छ । यसअघिका गणतन्त्र दिवसमा जस्तो दिपावली गर्ने, सरसफाइ गर्ने, गणतन्त्रको उपलब्धिबारे छलफल गर्ने जस्ता कार्यक्रम भने नहुने भएका छन् ।

संविधान दिवसको अवसरमा गत असोज ३ गते संघीय सरकारले प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा काठमाडौंको दरबारमार्गमा कन्सर्ट आयोजना गरेको थियो । काठमाडौंमा गणतन्त्र दिवसकै दिन राजावादीहरुले रातन्त्र फिर्ता गर्ने आन्दोलन सुरु गर्ने बताउँदै आएका छन् ।

*** समाप्त ***
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ

नेपालमा लगानी गर्न भारतीय व्यवसायीलाई अर्थमन्त्री वाग्लेको आह्वान

Clock Iconशनिबार, असोज ०३, २०८३

कबाडीको अर्बौं कारोबार, भ्याट विवादले उद्योगी र व्यवसायी दुवै समस्यामा

Clock Iconबुधबार, भाद्र ३१, २०८३

निजी क्षेत्रसँग सहकार्य गर्ने मुख्यमन्त्री कार्कीको प्रतिबद्धता

Clock Iconबुधबार, भाद्र ३१, २०८३

मकवानपुरमा ट्राफिक नियम उल्लङ्घन गर्ने १८ हजारभन्दा बढी चालक कारबाहीमा

Clock Iconसोमबार, भाद्र २९, २०८३

मोरङ उद्योग व्यापार संघको अध्यक्षमा अनिल कुमार साह सर्वसम्मत, ३५औँ कार्यसमिति निर्विरोध चयन

Clock Iconसोमबार, भाद्र २९, २०८३

बजारमा चिनीको चर्को मूल्यवृद्धि: कसरी पुग्यो प्रतिकिलो १५० रुपियाँ ?

Clock Iconशनिबार, भाद्र २७, २०८३
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka