Premier Cables
Premier Steel

कोशी प्रदेश

स्थानीय तह र प्रदेशमा देखिएका समस्याहरूलाई समाधान गर्ने निर्णय

नोट: यो समाचार ३ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar बिहिबार, पुष २४, २०८२  | बिहान ११:१२ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर। कोशी प्रदेश समन्वय परिषद् बैठकले प्रदेशका स्थानीय तह र प्रदेशमा देखिएका समस्याहरूलाई समाधान गर्ने निर्णय गरेको छ। प्रदेश र स्थानीय तहमा कानुनी र व्यवहारिक रुपमा देखिएका समस्याहरुलाई समाधान गर्नका लागि केन्द्र सरकार आग्रह गर्ने र प्रदेश सरकारले गर्नुपर्ने कामहरू अगाडि बढाउने निर्णय गरेको छ।

कोशी प्रदेश सरकारका मुख्यमन्त्री एवं प्रदेश समन्वय परिषद्का अध्यक्ष हिक्मत कुमार कार्कीको अध्यक्षतामा हिजो साँझ बसेको बैठकले प्रदेशमा स्थानीय तहमा देखिएका सीमा व्यवस्थापन, वन क्षेत्रमा ढुङ्गा गिटीको राजस्व संकलन र ठेक्कामा देखेका समस्यालाई कानुनी रूपमा समाधान गर्ने निर्णय गरेको छ।

बिज्ञापन

केही समयदेखि कतिपय स्थानीय तहले ढुंगा गिट्टीको ठेक्का लगाउन नसकेको र यसले राजस्व गुमेको विषयलाई उठेपपछि यसलाई चाँडै नै सम्बोधन गर्ने गरी अगाडि बढ्ने निर्णय गरेको छ। त्यस्तै आयोजना बैंकलाई प्रदेशका हरेक स्थानीय तहमा पहुँच पुग्ने गरी निर्माण गर्ने र त्यहाँ रहेका अनावश्यक आयोजनाहरुलाई हटाई व्यवस्थित बनाउने निर्णयसमेत भएको छ। प्रदेशले लगानी सम्मेलन मार्फत अगाडि सारेका परियोजनालाई स्थानीय पालिकाहरुले पनि सहयोग र समन्वय गर्दै अगाडि बढ्ने निर्णय भएको छ। प्रदेश सरकारले लगानी सम्मेलन मार्फत अगाडि बढाएका ५१ परियोजनामध्ये २४ वटा कार्यान्वयनको प्रक्रियामा गएका छन्।

प्रदेशमा देखिएका कर्मचारी व्यवस्थापन र स्थानीय तहको नयाँ कर्मचारी भर्नालाई पनि व्यवस्थित र द्रुत गतिले गर्ने निर्णय भएको मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय का सचिव नारायण प्रसाद रिसालले जानकारी दिनुभएको छ। त्यस्तै संघीय सरकारले कर्मचारी हटाउने र अन्य कर्मचारीहरु समेत हटाउने हटाउने परिपत्र हचुवाको भरमा आएको भन्दै कतिपय स्थानीय तहका परिषद् सदस्यले आवाज उठाएका थिए। उनीहरुले करारका कर्मचारी हटाउने निर्णयले सेवा प्रवाहमा कठिनाइ भएको र यो निर्णय तत्काल सच्याउनका लागि केन्द्रमा पठाउनुपर्ने बताएका छन्।

बैठकलाई सम्बोधन गर्दै कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले प्रदेश सरकारले गर्न लागेका र गरिरहेका नयाँ कामलाई स्थानीय तहले सहयोग गर्नुपर्ने बताउनुभयो। प्रदेश सरकारको पहलमा निर्माण भइरहेको पदमार्ग र पर्यटन वर्षलाई सफल बनाउनका लागि उहाँले आग्रह गर्नुभयो। त्यस्तै लगानी सम्मेलन मार्फत अगाडि बढाइएका परियोजनाहरु र स्थानीय उत्पादनलाई प्राथमिकता दिएर अगाडि बढाइएका कार्यक्रमलाई सहयोग गर्न पनि उहाँले आह्वान गर्नुभयो।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka