Premier Cables
Premier Steel

कोशी प्रदेश

संघीय हस्तक्षेपले प्रदेशको अधिकार कमजोर बनायो: मुख्यमन्त्री कार्की

Hamro Biratnagar News Channel Calendar मंगलबार, जेठ १२, २०८३  | बिहान ११:१७ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की ले संघीय सरकारले प्रदेशको क्षेत्राधिकारमाथि निरन्तर हस्तक्षेप गरिरहेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्।

प्रदेश सरकारको आगामी बजेट निर्माणका लागि सांसदहरूसँग सुझाव संकलन गर्न आयोजित कार्यक्रममा बोल्दै उनले संघीय सरकारका पछिल्ला निर्णयले प्रदेशको अधिकार कमजोर बनाएको बताएका हुन्।

बिज्ञापन

मुख्यमन्त्री कार्कीले केही दिनअघि संघीय सरकारले नयाँ सवारी साधन दर्ता रोक्न जारी गरेको परिपत्रप्रति आपत्ति जनाए। यातायात क्षेत्र प्रदेश सरकारको अधिकारभित्र पर्ने भए पनि संघीय सरकारले कुनै समन्वय वा परामर्शबिना दर्ता प्रक्रिया रोक्नु अनुचित भएको उनको भनाइ थियो।

‘यातायात प्रदेशको क्षेत्राधिकारभित्र पर्छ, तर संघीय सरकारले एक्कासी नयाँ दर्ता बन्द गर्‍यो,’ उनले भने, ‘यसले प्रदेशको आम्दानीमा प्रत्यक्ष असर पार्छ, हाम्रा हातखुट्टा बाँध्ने काम भइरहेको छ।’

संविधानले प्रदेशलाई दिएको अधिकार संघीय सरकारका परिपत्रमार्फत प्रभावित भइरहेको उनले बताए। अन्य क्षेत्राधिकारका विषयमा पनि केन्द्रले हस्तक्षेप गरिरहेको उनको आरोप छ।

मुख्यमन्त्री कार्कीका अनुसार मन्त्री र सचिवस्तरबाट प्रदेश कानुन तथा संविधानको भावना विपरीत परिपत्र जारी भइरहेका छन्, जसका कारण प्रदेश सरकार दबाबमा परेको छ।

संघीय सरकारबाट आएका निर्देशन कर्मचारीले सहज रूपमा कार्यान्वयन गर्ने तर प्रदेश सरकारले बनाएका कानुन र निर्णय कार्यान्वयनमा भने अटेरी गर्ने प्रवृत्ति देखिएको भन्दै उनले निकटस्थहरूसँग असन्तुष्टि व्यक्त गरेका छन्।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka