विराटनगर । विश्वकै नम्बर १ सिसिटिभि ब्रान्ड हिकभिजनको अत्याधुनिक अनुभव केन्द्र अब विराटनगरमा निर्माण हुने भएको छ।
नियोटेरिक नेपालको आधिकारिक डिलर मल्टिप्लेक्स इन्फो सिस्टमले ग्राहकहरूलाई आधुनिक सुरक्षा प्रविधिको प्रत्यक्ष अनुभव गराउने उद्देश्यसहित उक्त केन्द्र स्थापना गर्न लागेको हो।
निर्माणाधीन अनुभव केन्द्रमा हिकभिजनका विश्वस्तरीय सिसिटिभि क्यामेरा, मिनमो डिभाइस, स्मार्ट लकसहित भिडियो डोरबेल, प्रवेश नियन्त्रण प्रणालीलगायत विभिन्न स्मार्ट सुरक्षा समाधानहरूको लाइभ डेमो उपलब्ध गराइने कम्पनीले जनाएको छ।
विशेषगरी भिडियो डोरबेल र स्मार्ट लकको व्यावहारिक प्रदर्शनमार्फत ग्राहकहरूले कल रिसिभ गर्ने, टाढाबाट ढोका खोल्ने तथा अन्य सुरक्षा सुविधाहरू प्रत्यक्ष रूपमा अनुभव गर्न सक्नेछन्।
कम्पनीका अनुसार अनुभव केन्द्रको मुख्य उद्देश्य ग्राहकहरूलाई सुरक्षा प्रविधिको वास्तविक गुणस्तर प्रत्यक्ष रूपमा बुझाउने तथा घर, कार्यालय, पसल वा व्यवसायका लागि उपयुक्त सुरक्षा उपकरण छनोट गर्न सहज वातावरण प्रदान गर्नु हो।
यस केन्द्रमार्फत ग्राहकहरूले खरिदअघि नै विभिन्न सुरक्षा उपकरणको तुलना, परीक्षण तथा प्रयोगात्मक अनुभव लिन पाउने भएकाले आधुनिक सुरक्षा समाधानप्रति विश्वास अझ मजबुत हुने अपेक्षा गरिएको छ।
कम्पनीले अब विराटनगरमै विश्वस्तरीय सुरक्षा प्रविधिको अनुभव लिन सकिने भन्दै आधुनिक र भरपर्दो सुरक्षा समाधान छनोट गर्न ग्राहकहरूलाई आग्रह गरेको छ।
थप जानकारीका लागि : ९८५२०५१०००



