Premier Cables
Premier Steel

खेलकुद

टस जितेर ब्याटिङ गर्दै स्कटल्यान्ड

Hamro Biratnagar News Channel Calendar सोमबार, जेठ ०४, २०८३  | बिहान ९:४० बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । आईसीसी लिग-२ अन्तर्गत आज नेपाल र स्कटल्याण्डबीच प्रतिस्पर्धा हुँदैछ ।

टस जितेको स्कटल्याण्डले पहिले ब्याटिङ गर्ने निर्णय गर्दै नेपाललाई बलिङको जिम्मा दिएको छ । स्कटल्याण्डका कप्तान रिची बेरिङटनले टस जितेपछि ब्याटिङ रोजेका हुन्।

बिज्ञापन

नेपालले आजको खेलमा अघिल्लो खेलकै टोलीलाई निरन्तरता दिएको छ । यसअघि नेपाल पहिलो खेलमा स्कटल्याण्डसँग डीएलएस पद्धतिअन्तर्गत २ रनले पराजित भएको थियो भने दोस्रो खेलमा अमेरिकालाई ९ विकेटले हराएको थियो।

यता, स्कटल्याण्डले भने जारी शृङ्खलामा लगातार दुई जित हात पारेको छ । उसले नेपाल र अमेरिकालाई समान २ रनले पराजित गरेको थियो । आजको खेलमार्फत स्कटल्याण्डले ओली जोन्सलाई डेब्यूको अवसर दिएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka