जनकपुरधाम । जनकपुरधाममा रहेको जानकी मन्दिरलाई युनेस्कोको विश्व सम्पदा सूचीमा सूचीकृत गराउने उद्देश्यसहित शनिबार ‘जनकपुरधाम सम्पदा यात्रा’ आयोजना गरिएको छ।
जानकी मन्दिर प्राङ्गणबाट सुरु भएको उक्त यात्रा जनकपुरधामका विभिन्न ऐतिहासिक तथा धार्मिक सम्पदाहरूको परिक्रमा गर्दै महेन्द्र नारायण निधि मिथिला सांस्कृतिक भवनमा पुगेर सम्पन्न भएको थियो।
बिज्ञापन
सम्पदा यात्रामा जानकी मन्दिर, पेठिया बजार, रंगभूमि मैदान, रामजानकी विवाह मण्डप, अरगज्जा पोखरी, राम मन्दिर, धनुष सागर र गंगासागरलगायतका सम्पदाहरूमा बाजागाजासहित पदयात्रा गरिएको थियो।
आयोजकका अनुसार जनकपुरधामको ऐतिहासिक तथा धार्मिक सम्पदाको संरक्षण, प्रवर्द्धन तथा जानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गराउन जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले सम्पदा यात्रा आयोजना गरिएको हो।