Premier Cables
Premier Steel

शेयर बजार

नीति कार्यक्रमको परेन असर, घट्यो शेयर बजार

Hamro Biratnagar News Channel Calendar मंगलबार, बैशाख २९, २०८३  | साँझ ४:०० बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । अघिल्ला तीन कारोबार दिन लगातार बढेको सेयर बजार मंगलबार घटेको छ । बजारको परिसूचक नेप्से अघिल्लो दिनको तुलनामा आज ३९.४४ अंक (१.४१ प्रतिशत) घटेको हो । यो कमीपछि नेप्से २७४४ अंकमा अडिएको छ । अघिल्लो दिन नेप्से परिसूचक ३८.१९ अंक (१.३९ प्रतिशत) बढेको थियो ।

अघिल्लो दिन मात्रै सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम प्रस्तुत गरेको थियो । नीति तथा कार्यक्रममा पूँजीबजारका केही विषय पनि समेटिएका छन् । तर कार्यान्वयन पक्ष सधै कमजोर रहँदै आएकाले कागजमा लेखिएका नीति तथा कार्यक्रमले लगानीकर्ताको विश्वास जित्न सकेन ।

बिज्ञापन

नीति तथा कार्यक्रमले यसअघि नै समेटिँदै आएका विषय दोहोर्‍याएको छ । गैरआवासीय नेपालीलाई बजारमा सहभागी गराइने, नेप्सेको पुनर्संरचना गरिने, बन्ड बजारको विस्तार गरिनेजस्ता विषय विगतमा पनि नीति तथा कार्यक्रम र बजेटमा समेत पर्दै आएका थिए । तर कार्यान्वयन प्रक्रिया अझै अनिश्चित छ ।

घटेको बजारमा कारोबार रकम भने बढेको छ । अघिल्लो दिन ४ अर्ब ६१ करोडको कारोबार भएकोमा आज ४ अर्ब ६६ करोडको भयो । जम्मा १३ कम्पनीको मूल्य बढेको छ भने २५१ को घटेको छ । त्यस्तै ५ कम्पनीको मूल्य भने स्थिर रह्यो । सबैजसो समूहका सूचक घटेका छन् । चार समूहका सूचक २ प्रतिशतभन्दा धेरै घटे ।

बैंकिङ ०.८३ प्रतिशत, विकास बैंक १.३७, फाइनान्स २.०३, होटल तथा पर्यटन २.०२, हाइड्रोपावर २.२२, लगानी १.३०, जीवन बीमा ०.५४, उत्पादन तथा प्रशोधन १.६५, माइक्रोफाइनान्स १.५१, निर्जीवन बीमा ०.७७, अन्य १.४९ र व्यापार २.३३ प्रतिशत घटे ।

धौलागिरि लघुवित्तको मूल्य सबैभन्दा धेरै १५ प्रतिशत बढ्यो । योबाहेक मूल्य धेरै बढ्नेमा डिबेन्चर अगाडि रहे । फर्स्ट माइक्रोफाइनान्सको मूल्य सबैभन्दा धेरै १२.४० प्रतिशत घट्यो । झापा इनर्जीको ६.८९, आत्मनिर्भर लघुवित्तको ६.११, होटल फरेस्ट इनको मूल्य ६.१० प्रतिशत घट्यो ।

आज धेरै कारोबार भएका कम्पनीमा नेसनल हाइड्रोपावर, रिलायन्स स्पिनिङ मिल्स, रिडी पावर, शिवम् सिमेन्ट र एसवाई प्यानल छन् ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka