काठमाडौँ । खुस्बु ओलीले सरकारले सुकुम्वासीको संरक्षण गर्ने नाममा उनीहरूको उठीबास लगाएको आरोप लगाएकी छन् । प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले सरकारले गरिब र भूमिहीन नागरिकमाथि अन्याय गरेको बताइन् ।
उनले डोजर चलाएर गरिब जनताका घर भत्काइएका कारण दुई जना आत्महत्या गर्न बाध्य भएको दाबी गरिन् । “यहाँ त मृत्युको पनि वर्ग हुँदोरहेछ,” उनले भनिन्, “गरिब भूइँमान्छेको मृत्युलाई बेवास्ता गरिँदो रहेछ । हिजो सत्तारुढ दलका साथीहरूले मानिसको जीवन प्रमुख हो, सिंहदरबार त सयौँ बनाउन सकिन्छ भन्नुहुन्थ्यो । म उहाँहरूलाई सोध्न चाहन्छु, खोला किनारमा बस्ने मान्छेको जीवन हुँदैन ?”
बिज्ञापन
ओलीले विस्थापनअघि उचित व्यवस्थापन गर्नुपर्ने विषय उठाउँदा आफूहरूलाई आलोचना गरिएको समेत गुनासो गरिन् ।