Premier Cables

राजनीति

रवि लामिछाने भन्छन्- इतिहास लेख्ने यात्रा छौं

नोट: यो समाचार ४ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar आइतबार, बैशाख २७, २०८३  | अपराह्न ३:१५ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफूहरू व्यक्तिगत जीवनी बनाउन नभई देशको इतिहास लेख्ने उद्देश्यसहित राजनीतिमा आएको बताएका छन्।

पार्टीका सांसदहरूका लागि आयोजित दुई दिने प्रशिक्षण कार्यक्रमको समापन समारोहलाई सम्बोधन गर्दै उनले नेतृत्वको मूल्य पदभन्दा पनि मुलुकलाई दिने दिशा र योगदानमा निर्भर हुने बताए।

विज्ञापन

‘मैले राजनीतिलाई ठूलो सपनाका साथ अघि बढाएको हुँ। सरकारमा मन्त्री वा प्रधानमन्त्री बन्नु मात्रै ठूलो कुरा होइन, देशलाई कस्तो नेतृत्व दिन्छौं भन्ने महत्वपूर्ण विषय हो,’ उनले भने।

सभापति लामिछानेले आफू पार्टी सभापति, मन्त्री वा प्रधानमन्त्री बन्ने व्यक्तिगत लक्ष्यका साथ राजनीतिमा नआएको स्पष्ट पारे। ‘मलाई जीवनी लेखाउने कुनै इच्छा छैन। हामी इतिहास लेख्ने यात्रामा छौं,’ उनले बताए।

उनले रास्वपाका सांसदहरू नयाँ भए पनि सिक्ने र सिकाउने प्रक्रिया निरन्तर चलिरहने उल्लेख गरे। पछिल्लो समय विश्व राजनीतिमा देखिएको परिवर्तनको बीचमा रास्वपाको उदय भएको उल्लेख गर्दै उनले आफ्नो पार्टीले राजनीतिक संस्कार र संसदीय अभ्यासलाई मर्यादित बनाउन खोजेको बताए।

‘विद्रोह समाजको निरन्तर प्रक्रिया हो। हामीले पनि एक प्रकारको विद्रोह गरेका हौं। राजनीतिलाई सही दिशामा लैजाऔं र संसदीय अभ्यासलाई सभ्य बनाऔं भन्ने हाम्रो उद्देश्य हो,’ उनले भने।

*** समाप्त ***
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka