Premier Cables
Premier Steel

अन्तराष्ट्रिय

विजय थलापति तमिलनाडुका मुख्यमन्त्री, ६ दशक पुरानो सत्ता चक्र अन्त्य

Hamro Biratnagar News Channel Calendar आइतबार, बैशाख २७, २०८३  | बिहान ११:३३ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

नयाँदिल्ली । तमिलगा भेट्टी कझगम (टीभीके)का अध्यक्ष विजय थलापतिले आइतबार तमिलनाडुका मुख्यमन्त्रीका रूपमा पद तथा गोपनीयताको शपथ लिएका छन् । यससँगै राज्यमा करिब ६ दशकदेखि कायम डीएमके र एआईएडीएमकेको पालैपालो सत्तामा आउने परम्परा अन्त्य भएको छ।

तमिलनाडुका राज्यपाल राजेन्द्र विश्वनाथ अर्लेकरले चेन्नईस्थित नेहरू स्टेडियममा आयोजित समारोहमा विजयलाई शपथ गराएका हुन्। विजयसँगै टीभीकेका वरिष्ठ नेतासहित अन्य नौ जनाले पनि मन्त्री पदको शपथ लिएका छन्।

बिज्ञापन

शनिबार २३४ सदस्यीय विधानसभामा १२० सांसदको समर्थन सुनिश्चित भएपछि विजयलाई सरकार गठनको बाटो खुलेको थियो। उनले कांग्रेसको समर्थनमा गठबन्धन सरकारको नेतृत्व गर्ने भएका छन्। राज्यपालले उनलाई १३ मेभित्र विश्वासको मत लिन निर्देशन दिएका छन्।

मन्त्री पदको शपथ लिनेमा बुसी एन आनन्द, आधव अर्जुना, केजी अरुणराज, केए सेङ्गोट्टैयन, पी. वेङ्कटरमणन, सीटीआर निर्मलकुमार, ए. राजमोहन, टी.के. प्रभु र एस. कीर्तना रहेका छन्। मन्त्रिपरिषद्‌मा एक महिला तथा अनुसूचित जाति समुदायबाट एक प्रतिनिधिलाई समावेश गरिएको छ।

चेन्नईबाट पाँच मन्त्री समेटिएको मन्त्रिपरिषद्‌मा पश्चिमी क्षेत्रबाट दुई र दक्षिणी क्षेत्रबाट तीन जनालाई प्रतिनिधित्व दिइएको छ।

पछिल्ला केही दिनदेखि जारी राजनीतिक अनिश्चितता शनिबार अन्त्य भएको थियो। भीसीके र आईयूएमएलले समर्थन जनाएपछि टीभीकेको समर्थन संख्या १२० पुगेको थियो। त्यसपछि विजयले कांग्रेस, सीपीआई, सीपीआई (एम), भीसीके र आईयूएमएलको समर्थन पत्र राज्यपालसमक्ष बुझाएका थिए।

हालै सम्पन्न विधानसभा निर्वाचनमा टीभीकेले १०८ सिट जितेको थियो। तर विजय दुई निर्वाचन क्षेत्रबाट विजयी भएकाले एउटा सिट त्याग्नुपर्ने हुँदा पार्टीको प्रभावकारी संख्या १०७ रहनेछ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka