Premier Cables
Premier Steel

कोशी प्रदेश

‘आफ आवर’मा सरकारी गाडीमा पूर्वाधार निर्देशक सुशील श्रेष्ठको जोगबनी सपिङ, प्रहरीले रोक्न खोज्दा गाडी लिएर फरार

Hamro Biratnagar News Channel Calendar शुक्रबार, बैशाख २५, २०८३  | बिहान ११:२८ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । अहिले सर्वसाधारणलाई भारतीय बजारबाट एक सय रुपैयाँभन्दा बढी मूल्यका सरसामान ल्याउन रोक लगाइएको छ । तर, विराटनगरसँगै जोडिएको जोगबनी बजारमा कार्यालय समय सकिएपछि सरकारी गाडी लिएर खरिददारी गर्ने क्रम बढेको छ ।

यसै क्रममा बिहीबार साँझ पूर्वाधार विकास निर्देशनालय इटहरीका निर्देशक सुशील श्रेष्ठ प्रहरी चेकजाँच समेत छलेर भागेका थिए । जोगबनी सिमाना नजिकै प्रहरीले चेकजाँच गर्ने क्रममा त्यहाँ सुरक्षार्थ खटिएका ट्राफिक प्रहरी र नेपाल प्रहरी रोक्न भन्दाभन्दै गाडी को१झ ५८९ नम्बरको गाडी लिएर श्रेष्ठ फरार भएका हुन् । प्रहरीका अनुसार यसअघि पनि पटक पटक यो गाडी सरसामान खरिद गर्न जोगबनीसम्म लग्ने गरिएको थियो ।

विहीबार साँझ भने निर्देशक श्रेष्ठ केही कर्मचारीसाथै लिएर जोगबनी पुगेका थिए । तर, प्रहरीले गाडीमा भएको सरसमान चेकजाँच गर्न खोज्दा गाडी हुइँक्याएर भागेका थिए । पछि त्यो गाडीलाई प्रहरीले विराटनगरको रोडशेष चौक नजिकै रोकेको थियो ।

बिज्ञापन

त्यसक्रममा चालक मात्र गाडीमा थिए । निर्देशक श्रेष्ठसहितका कर्मचारी गाडीबाट ओर्लिएर अन्तै गएका थिए । गाडीमा प्रहरीले खानतलासी गर्दा कुर्तासलवार, सर्ट, चप्पल, बिस्कुट आदि बस्तु फेला परेको थियो । तर, श्रेष्ठ अन्य कर्मचारीलाई लिएर बीच बाटोमै ओर्लिएर गाडी छाडेर बेपत्ता भएका थिए ।

सिमानामा पत्रकारहरुले कार्यालय समय सकिएपछि किन सरकारी गाडी दुरुपयोग गर्दै भारतीय नाका पुगेको भनि प्रश्न सोध्दा उनले आफूहरुले पनि किनमेल गर्न पाउने बताएका थिए । पूर्वाधार विकास निर्देशनालय इटहरीका निर्देशक श्रेष्ठले आफू सिमानामा निर्माण हुँदै गरेको स्वागत द्वार हेर्न आएको र त्यहीबेला जोगबनीमा किनमेल गर्न गएको दाबी गरेका छन् ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka