Premier Cables
Premier Steel

विराटनगर स्वास्थ्य

चिकित्सक संघमा नयाँ नेतृत्व चयन: विराटनगरका डा. रोशन खड्का उपाध्यक्षमा विजयी

Hamro Biratnagar News Channel Calendar बुधबार, बैशाख २३, २०८३  | बिहान ११:४२ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । नेपाल चिकित्सक संघको हालै सम्पन्न निर्वाचनले संगठनभित्रको शक्ति सन्तुलन स्पष्ट पार्दै नयाँ नेतृत्वको दिशा तय गरेको छ। विराटनगरका डा. रोशन खड्का उपाध्यक्ष पदमा फराकिलो मतान्तरसहित विजयी हुँदै कोशी प्रदेश संयोजकको जिम्मेवारीसमेत सम्हाल्ने भएका छन्।

मंगलबार सार्वजनिक मतपरिणामअनुसार डा. खड्काले ३,००८ मत प्राप्त गर्दै निकटतम प्रतिस्पर्धी डा. टंकप्रसाद बराकोटीलाई ७७२ मतले पराजित गरे। बराकोटीले २,२३६ मत ल्याउँदा अर्का उम्मेदवार डा. हरिशंकर कार्की ८७८ मतमा सीमित भए।

बिज्ञापन

यो परिणामलाई डा. बद्री रिजाल नेतृत्वको समूहको सशक्त उपस्थितिको संकेतका रूपमा हेरिएको छ। १९ सदस्यीय केन्द्रीय कार्यसमितिमा रिजाल समूहले स्पष्ट बहुमत हासिल गरेको छ। अध्यक्षमा डा. बद्री रिजाल, वरिष्ठ उपाध्यक्षमा डा. सञ्जीव तिवारी, महासचिवमा डा. विश्वराज दवाडी, कोषाध्यक्षमा डा. संयुक्त आचार्य, सह–कोषाध्यक्षमा डा. तेजसु सिंह मल्ल र सहसचिवमा डा. हुलास अग्रवाल निर्वाचित भएका छन्।

प्रदेशस्तरमा पनि रिजाल समूहको प्रभाव देखिएको छ। सातमध्ये पाँच प्रदेशमा उनका उम्मेदवार विजयी भएका छन्—कोशीमा डा. रोशन खड्का, मधेशमा डा. अमित रञ्जन मिश्र, बागमतीमा डा. सुवास भट्टराई, लुम्बिनीमा डा. नन्दाकुमारी गुरुङ र सुदूरपश्चिममा डा. प्रमोद जोशी। गण्डकी र कर्णालीमा भने डा. मंगल समूहका उम्मेदवार—डा. यज्ञराज सिग्देल र डा. रबिन खड्का—विजयी भए।

सदस्य पदतर्फ मिश्रित नतिजा देखिएको छ। रिजाल समूहबाट डा. राकेश साह, डा. सुस्मित काफ्ले र डा. बिना श्रेष्ठ निर्वाचित हुँदा मंगल समूहका डा. अमित झा र डा. पल्पसा श्रेष्ठ तथा ‘टिम रिफर्म’का डा. शेषराज घिमिरेले पनि स्थान सुरक्षित गरेका छन्।

देशभरका ५६ जना चिकित्सक सहभागी भएको यस निर्वाचनमा ‘टिम बद्री’, ‘टिम मंगल’ र ‘टिम रिफर्म’बीच कडा प्रतिस्पर्धा देखिए पनि अन्ततः रिजाल समूहले स्पष्ट बहुमतसहित नेतृत्व सम्हाल्ने अवस्था बनाएको छ। यस नतिजाले आगामी दिनमा चिकित्सक संघको नीति, नेतृत्व र स्वास्थ्य क्षेत्रका एजेन्डामा नयाँ ऊर्जा थप्ने अपेक्षा गरिएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka