Premier Cables
Premier Steel

राजनीति

सभामुख डिपी अर्यालले प्रतिनिधिसभाका सचिव हटाउने प्रक्रिया सुरु गरे

Hamro Biratnagar News Channel Calendar सोमबार, बैशाख २१, २०८३  | राती ९:०० बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । प्रतिनिधिसभाका सभामुख डिपी अर्यालले सचिव हर्कराज राईलाई हटाउने प्रक्रिया सुरु गरेका छन्।

स्रोतका अनुसार, पूर्व सभामुख देवराज घिमिरेले सचिव नियुक्त गरेका राईलाई हटाउन सभामुख अर्यालले आवश्यक स्पष्टीकरण सोधेका थिए। सो स्पष्टीकरण बुझाउने अन्तिम म्याद आज सोमबार सकिएको छ।

बिज्ञापन

सचिव राई हटाइएपछि, नयाँ सचिव नियुक्तिका लागि सिफारिसको बाटो खुल्नेछ। प्रतिनिधिसभाका सभामुखले सचिवको नाम राष्ट्रपतिसमक्ष सिफारिस गर्ने र राष्ट्रपतिबाट नियुक्त गरिने नियमअनुसार प्रक्रिया अघि बढ्नेछ।

सचिव राईलाई पूर्व सभामुख घिमिरेको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले नियुक्त गरेका थिए। झापाको शिवसताक्षी नगरपालिका–२ का राई लामो समय शिक्षण पेशामा आबद्ध थिए।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka