Premier Cables
Premier Steel

अन्तराष्ट्रिय

मालीमा पृथकतावादी आन्दोलन: रक्षामन्त्रीको मृत्यु

Hamro Biratnagar News Channel Calendar सोमबार, बैशाख १४, २०८३  | बिहान ८:३० बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । अफ्रिकी देश मालीका विभिन्न सहरहरूमा शनिबार र आइतबार जिहादी लडाकू र पृथकतावादी समूहहरूले समन्वित रूपमा शृंखलाबद्ध आक्रमण गरेका छन्। यी आक्रमणहरूमा मालीका रक्षामन्त्री सादियो कामाराको मृत्यु भएको बीबीसीले जनाएको छ।

सरकारका प्रवक्ताका अनुसार, मन्त्री कामाराले आक्रमणकारीसँग केही समयसम्म प्रतिकार गर्दै भिडन्त गरेका थिए र केही लडाकूलाई मार्न सफल भएका थिए। तर गम्भीर घाइते भएका उनी उपचारका क्रममा अस्पतालमै निधन भएको हो।

बिज्ञापन

यो हमला विगत धेरै वर्षयताकै सबैभन्दा ठूलो र योजनाबद्ध आक्रमणका रूपमा हेरिएको छ। अल–कायदासँग आबद्ध समूहले रक्षामन्त्रीको निवासमा विस्फोटक पदार्थले भरिएको ट्रक ठोक्काएर आत्मघाती आक्रमण गरेका थिए।

यस आक्रमणमा मन्त्री कामाराका परिवारका तीन सदस्य र नजिकैको मस्जिदमा रहेका केही भक्तजनहरूको पनि ज्यान गएको छ।

राजधानी बामाको बाहिर रहेको काटी सैन्य शिविरमा पनि आक्रमण भएपछि मालीको सैन्य जुन्टाका प्रमुख जनरल असिमी गोइटालाई सुरक्षित स्थानमा सारिएको छ। उनको निजी निवास पनि विद्रोहीहरूको निशानामा परेको थियो।

यसैबीच, उत्तरी मालीमा सक्रिय पृथकतावादी समूह ‘अजावाद लिबरेसन फ्रन्ट’ले किडाल सहर आफ्नो नियन्त्रणमा लिएको दाबी गरेको छ।

किडालमा तैनाथ सरकारी सेना र रूसी निजी सैन्य समूहबीच भएको भिडन्तपछि उनीहरू त्यहाँबाट पछि हटेका छन्।

“किडाल अब स्वतन्त्र छ,” उक्त समूहका प्रवक्ताले सरकारी तथा रूसी सेना पूर्ण रूपमा फिर्ता भइसकेको र क्षेत्र आफ्नो नियन्त्रणमा रहेको बताएका छन्।

हाल माली दुई प्रकारका विद्रोहसँग जुधिरहेको छ। एकातर्फ अल–कायदासँग आबद्ध जिहादी समूहहरूले मध्य तथा दक्षिणी क्षेत्रमा आत्मघाती र छापामार हमला गरिरहेका छन् भने अर्कोतर्फ ‘अजावाद लिबरेसन फ्रन्ट’ले उत्तरी क्षेत्रमा स्वतन्त्र ‘अजावाद’ राज्यको माग गर्दै सशस्त्र संघर्ष जारी राखेको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka