Premier Cables
Premier Steel

बैंक तथा वित्त

एनआईसी एशिया बैंकको कर्पोरेट कार्यालय कमलादीस्थित आफ्नै भवनमा

नोट: यो समाचार १ वर्ष १ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar आइतबार, जेठ ११, २०८२  | साँझ ६:०४ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौ । एनआई सी एशिया बैंक लिमिटेडको कर्पोरेट कार्यालय कमलादी, काठमाडौ -२८ स्थित आफनै भवनमा
स्थानान्तरण भएको छ।

उक्त नवनिर्मित भवनमा वैदिक सनातन विधिपूर्वक पूजा अर्चना गरी बैंक सञ्चालक समितिका अध्यक्ष तुलसीराम अग्रवालले समुद्घाटन गरेका छन् ‌ । पूजा तथा उद्घाटन समारोहमा बैंक सञ्चालक समितिका सदस्यहरु, प्रमुख कार्यकारी अधिकृत तथा बैंकका उच्च पदस्थ अधिकारीहरूको उपस्थिति रहेको थियो।

बिज्ञापन

भवनमा स्थानान्तरण नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त गरी यसअघि रहेको थापाथली, काठमाडौं ११ स्थित ट्रेड टावरबाट प्रमुख कार्यकारी अधिकृतको कार्यालय, अन्य कार्यकारी अधिकृतहरुको कार्यालय लगायत विभिन्न विभागहरुका सम्पूर्ण सेवा तथा सुविधाहरु कमलादीस्थित कर्पोरेट कार्यालयबाट प्रदान गर्ने गरी  कार्यालय स्थानान्तरण भएको हो ।

कार्यालय स्थानान्तरण भएसँगै  ग्राहक तथा सरोकारवालाहरुले उक्त स्थानबाट बैंकले प्रदान गने सम्पूर्ण सेवाहरु थप सहजताका साथ प्राप्त गर्ने विश्वास बैंकले लिएको छ।

ISO 9001 Certified Bank एनआईसी एशिया बै‌कले मुलुक भर ३६० शाखा कार्यालयहरू, ६७० एटिएम, ११६ वटा विस्तारित काउन्टर एवं ४२ वटा शाखारहित शाखा संजाल विस्तार गरेको छ।

साथै, बैंकले वित्तीय समावेशीकरणका लागि मुगु, कालिकोट, बझाङ, रूकुम, जम्ला, सल्यान जस्ता बैंक तथा वित्तीय संस्थाहरूको उपस्थिति न्यून रहेका दूर्गम जिल्लाहरूमा समेत आफ्नो सेवा विस्तार गरेको छ ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Bagmati homepage
Rathi Cable
Hamrobiratnagar
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka & Sumit Thapa