Premier Cables
Premier Steel

अन्तराष्ट्रिय

इरानद्वारा दक्षिणी इजरायलमा क्षेप्यास्त्र आक्रमण, बेर्शेबामा साईरन बज्यो

Hamro Biratnagar News Channel Calendar मंगलबार, चैत्र २४, २०८२  | बिहान १०:०६ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । इजरायली रक्षा बल (आईडिएफ) ले इरानबाट दक्षिणी इजरायलतर्फ लक्षित गर्दै ब्यालेस्टिक मिसाइल आक्रमण भएको पुष्टि गरेको छ। करिब १२ घण्टापछि भएको यो पछिल्लो आक्रमणलाई नयाँ चरणको आक्रामक गतिविधिका रूपमा हेरिएको छ।

आक्रमणसँगै दक्षिणी शहर बेर्शेबा र आसपासका क्षेत्रमा हवाई आक्रमणको चेतावनी स्वरूप सायरन बजाइएको थियो। स्थानीय बासिन्दालाई सुरक्षित स्थानतर्फ जान निर्देशन दिइएको जनाइएको छ।

बिज्ञापन

इजरायल र इरानबीच पछिल्लो समय लगातार मिसाइल आदान–प्रदान भइरहेका छन्, जसले क्षेत्रीय तनाव झन् बढाएको छ। यसअघि पनि इरानले इजरायलका विभिन्न शहरहरूमा मिसाइल प्रहार गर्दै आएको छ।

हालको आक्रमणबाट भएको क्षतिको विस्तृत विवरण भने सार्वजनिक भइसकेको छैन।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka