Premier Cables
Premier Steel

राजनीति विराटनगर

समाचार टिप्पणी: के डा.शेखर पूर्णबहादुरसँग मिलेका हुन्, कि गर्दैछन् सभापतिको तयारी ?

Hamro Biratnagar News Channel Calendar बिहिबार, चैत्र १९, २०८२  | साँझ ७:४६ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइराला देउवा पक्षीय पूर्णबहादुर खड्काले आयोजना गरेको भेलामा सहभागी भएपछि विभिन्न कोणबाट टिकाटिप्पणी शुरु भएको छ ।

कतिपयले कोइराला खड्कातिरको गुटमा समाहित भएको आरोप लगाई रहेका छन् । उनकै समर्थकहरु समेत बिलखबन्दमा परेका छन् ।

बिज्ञापन

कतिपयले भने आफ्नो समूह सम्हाल्न नसक्दा छिन्नभिन्न भएको भन्दै आलोचना गर्दैछन् । तर, विगतदेखि नै कांग्रेसमा मध्यममार्गी धार अपनाउँदै आएका डा.शेखर कोइराला देउवा पक्षीय नेताको परिचय बनाउँदै त्यही गुटमा समाहित भएका हुन त ? कि उनले आगामी १५ औं महाधिवेशनमा सभापतिको तयारी गरिरहेका छन् ? अहिले नै भन्न नसकिएला । तर, यो बहस गहन रुपमा अघि बढेको छ । पहिले आफ्नै गुट संचालन गर्दा कोइराला आफै दह्रो थिए ।

गगन थापासँगको सहकार्यले १४ औं महाधिवेशनमा शेरबहादुर देउवाले दह्रै टक्कर पनि दिएका थिए । तर, आफ्ना केही सहयोगी र नेतासहित खड्काले आयोजना गरेको बैठकमा सहभागी भएपछि भने कोइरालाबारे शंका उपशंका उठाइएको छ । खड्का भेलामा दायाँबायाँ डा. शशांक र शेखरलाई देखेपछि कांग्रेसजनले यसलाई सहज रुपमा लिन सकेनन् ।

शशांक जस्तै सूजाता कोइरालाले पनि त्यो बिरासत थाम्ने ल्याकत देखाउन सकेका छैनन् । सूजाता त राजनीतिबाट नै ‘रिङ आउट’ जस्तै भइसकेकी छिन् । उनीबाट नेतृत्वको अपेक्षा गर्न सकिदैन ।

सामाजिक सञ्जालहरुमा कोइरालाको विरासतलाई विश्राम दिएर देउवा समूहको पिछलग्गु भएको भन्ने आलोचना पनि भयो । तर, खरो टिप्पणी र विधानतः पार्टी संचालन हुनुपर्ने अडान राख्दै आएका डा. शेखर त्यत्तिकै खड्का समूहमा गएको विश्लेषण गर्नु भने फितलो हुने राजनीतिक वृत्तमै चर्चा छ ।

कोइराला समूहले विशेष अधिवेशनबाट निर्वाचित सभापति गगन थापालाई मान्यता दिएको छैन । जसरी देउवा समूहका कार्यवाहक अध्यक्ष पूर्णबहादुर खड्काले दिएका छैनन् । यद्धपि सर्वोच्च अदालतले आधिकारिताको विवाद निरुपण नरुन्जेल यो विवाद कायमै रहने छ ।

गगनलाई नमान्ने भन्दै समानान्तर गतिविधि संचालन हुन थालेपछि विशेष महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिले अनुशासन कार्वाहीको डण्डा चलाउने चेतावनी दिई नै सकेको छ । तर, के यत्तिमै कांग्रेस विवाद सकिएला ? वा अझै वादविवाद र गतिविधि होलान ? आम रुपमा यही प्रश्न उठिरहेको छ ।

आम निर्वाचनमा डा. शेखरले सभापति गगन थापाकै हस्ताक्षर भएको टिकट लिएर चुनाव लडेका थिए ।तर, रास्वपा उमेदवार रुबिना आचार्यसँग उनी ठूलो मतान्तरले पराजित बने । १४ औं महाधिवेशनमा गगन र शेखर सँगैसँगै थिए । परिणाम पनि राम्रौ आएको थियो । तर, शेखर-गगन जुलबन्दी धेरै समयसम्म टिक्न भने सकेन । गगनले शेखर कोइरालाको साथ छाडिदिए ।

कोइरालालाई विशेष महाधिवेशनबाट सभापति बन्न आग्रह गरेको समेत गगनले बताउने गरेका छन् । तर, कोइराला त्यो महाधिवेशनमा सहभागी नै भएनन् । बरु उनको प्रतिनिधिको रुपमा कोसी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्कीले सम्बोधन गरे ।

कार्कीले आफू कोइरालाकै प्रतिनिधि भएर सहभागी हुन आएको मन्तब्य दिएका थिए । पहिले विशेष महाधिवेशनको पक्षमा वकालत गरेका डा.शेखर कोइराला पार्टी फुट्ने अडानले लिएर सहभागी नभएको बताउँछन् ।

यद्धपि उनको समूहका कतिपय सदस्यले भने सुरक्षा लगायत कारणले कोइराला नगएको भन्दै बचाउ गर्दै आएका छन् । तर, आफूले पार्टीलाई एक ढिक्का बनाउन कुनै पक्षमा नलागेको कोइरालाले स्पष्ट गरिसकेका छन् । गगनको कदमविरुद्ध सर्वोच्च अदालतमा मुद्दा हाल्ने अग्रपंक्तिमा कोइराला पनि थिए ।

तत्कालीन महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई कार्वाही गर्नुपर्ने पक्षमा समेत उनी उभिए । विशेष महाधिवेशनपछि शेखर कोइरालाको गुट कमजोर बनेको आँकलन गरिएपनि उनको सबै तयारी १५ औं महाधिवेशनमा पार्टी सभापतिकै लागि भईरहेको बताइन्छ । एकथरि कांग्रेसजन पार्टीमा कोइरालाको विरासत फर्काउनु पर्ने पक्षमा छन् ।

उनीसँग रहेका कतिपय नेताले अहिले उनको साथ त छाडेका छन् । तर, कोइरालाले भने अत्तालिएका छैनन् । पहिले पनि कांग्रेसमा समूह समूह हुने गरेको र अगलग्गै छलफल र भेला हुनु अनौठो नभएको डा. शेखरले प्रस्टीकरण दिईरहेका छन् । शाशांकलाई समेत विश्वासमा लिएर शेखर पूर्णबहादुरहरुको समर्थनमा १५ औं महाधिवेशनमा सभापतिको उम्मेदवार बने अनौठो हुने छैन् ।

किनभने विगतदेखि नै पार्टीमा कोइराला परिवारको ‘लिगेसी’ जोर जबरजस्त ढंगले उनैले बचाएका छन् । शशांक जस्तै सूजाता कोइरालाले पनि त्यो बिरासत थाम्ने ल्याकत देखाउन सकेका छैनन् । सूजाता त राजनीतिबाट नै ‘रिङ आउट’ जस्तै भइसकेकी छिन् । उनीबाट नेतृत्वको अपेक्षा गर्न सकिदैन ।

यस पटकको चुनावकै बेला विराटनगरस्थित कोइराला निवासमा कांग्रेस निकट पत्रकारहरुसँग शेखरले छलफल राखेका थिए । पत्रकारले तपाइँ देउवातिर लाग्नु भएको हो ? भन्दै प्रश्न पनि गरे । उनको जवाफ थियो-“म न गगन थापा नत देउवा तिर छु । म आफूँ तिरै छु ।”

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka