Premier Cables
Premier Steel

राजनीति

ओली र लेखकलाई थुनामै राख्न दोस्रो पटक म्याद थप्ने तयारी

नोट: यो समाचार २ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar बिहिबार, चैत्र १९, २०८२  | अपराह्न २:३० बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकको हिरासत अवधि दोस्रोपटक थप्ने तयारी गरिएको छ।

चैत १४ गते पक्राउ परेका दुवै जनालाई प्रहरीले पहिलोपटक पाँच दिनको म्याद थप गराएको थियो, जसको अवधि बिहीबार (चैत १९) सकिँदैछ। सोही कारण थप अनुसन्धानका लागि पुनः म्याद थप्ने तयारी अघि बढाइएको हो।

बिज्ञापन

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईका अनुसार आजै दुवैजनाको म्याद थप्ने प्रक्रिया अघि बढाइनेछ। लेखकलाई म्याद थपका लागि अदालतमा उपस्थित गराइने तयारी गरिएको छ भने ओलीलाई स्वास्थ्य अवस्थाका कारण भर्चुअल माध्यमबाट उपस्थित गराइने बताइएको छ।

मृगौलासम्बन्धी समस्याका कारण ओली हाल महाराजगञ्जस्थित टिचिङ अस्पतालमा उपचाररत छन्। पहिलोपटक म्याद थप्दा पनि उनी भर्चुअल रूपमा अदालतमा उपस्थित भएका थिए भने लेखकलाई प्रत्यक्ष रूपमा अदालत लगिएको थियो।

हाल लेखक प्रहरीको महाराजगञ्जस्थित २ नम्बर गणमा राखिएका छन् र उनको बयान बुधबारदेखि सुरु भएको छ। ओलीको भने अझै बयान लिइएको छैन।

भदौ २३ र २४ मा भएको जेनजी प्रदर्शनका क्रममा बल प्रयोग गर्न निर्देशन दिएको आरोपमा गौरीबहादुर कार्की नेतृत्वको आयोगले दुवै जनामाथि कारबाही सिफारिस गरेको थियो। सोही सिफारिसका आधारमा उनीहरूलाई पक्राउ गरिएको हो।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Bagmati homepage
Rathi Cable
Hamrobiratnagar
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka & Sumit Thapa