काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ईरानसँग जारी द्वन्द्व अन्त्यतर्फ उन्मुख रहेको संकेत दिएका छन्। उनले अमेरिका चाँडै नै ईरानबाट आफ्ना सैनिक फिर्ता गर्ने तयारीमा रहेको बताएका छन्।
ट्रम्पका अनुसार आगामी दुईदेखि तीन हप्ताभित्र अमेरिकी सेना ईरान छोड्ने प्रक्रियामा जानेछ। उनले यो जानकारी ओभल अफिसबाट सार्वजनिक गरेका हुन्।
बिज्ञापन
बीबीसीका अनुसार ट्रम्पले ईरानमा अमेरिकी लक्ष्य पूरा भइसकेको दाबी गर्दै अब द्वन्द्वलाई लम्ब्याउनु आवश्यक नरहेको बताएका छन्। तर, युद्ध अन्त्यअघि कुनै प्रकारको समझदारी वा सम्झौता हुन सक्ने सम्भावनालाई भने उनले नकारेका छैनन्।
यसैबीच, ईरानका रक्षा मन्त्री मसुद पेजेस्कियानले पनि युद्ध अन्त्यका लागि तेहरान तयार रहेको बताएका छन्। उनले पुनः द्वन्द्व नचर्किने सुनिश्चितता भए ईरान युद्ध अन्त्य गर्न इच्छुक रहेको उल्लेख गरेका छन्।