Premier Cables
Premier Steel

समाचार

एमाले सांसद शर्मा तीन दिन ‘कस्टडी’मै रहने

Hamro Biratnagar News Channel Calendar सोमबार, चैत्र १६, २०८२  | राती ८:५५ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । लुम्बिनी प्रदेशकी एमाले सांसद रेखा शर्मा तीन दिनसम्म हिरासतमा रहने भएकी छन्।

जिल्ला अदालत काठमाडौंले उनलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो।

बिज्ञापन

न्यायाधीश नवराज दुलालको इजलासले सोमबार (चैत १६) उक्त आदेश दिएको हो। बालबालिका सम्बन्धी ऐन, २०७५ अन्तर्गतको कसुरमा अनुसन्धानका लागि प्रहरीले म्याद थपको माग गरेको थियो।

जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले मुद्दासँग सम्बन्धित कागजात जलेर नष्ट भएको जानकारी दिँदै थप प्रमाण जुटाउन केही समय हिरासत आवश्यक रहेको दाबी गरेको थियो। अदालतले यही अवस्थालाई ध्यानमा राख्दै शर्मालाई तीन दिन थुनामा राख्न अनुमति दिएको जनाएको छ।

शर्मालाई आइतबार मध्यरातमा धुम्बाराहीबाट पक्राउ गरिएको थियो। बालिकामाथि हिंसाको आरोपमा परेको जाहेरीपछि २२ महिनापछि उनी पक्राउ परेकी हुन्।

यसअघि २०८१ जेठमा काठमाडौं महानगरपालिकाले दास प्रथा सम्बन्धी कसुरमा कारबाहीका लागि उनीविरुद्ध जाहेरी दिएको थियो। तर, त्यस समयमा अदालतबाट पक्राउ अनुमति नआएकाले प्रहरीले उनलाई पक्राउ गरेको थिएन।

*** समाप्त ***
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka