Premier Cables

मौसम

आज-भोलि र पर्सिसम्म भारी वर्षाको सम्भावना

Hamro Biratnagar News Channel Calendar मंगलबार, असोज ०६, २०८३  | बिहान ९:५१ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिन मुलुकका विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको जनाएको छ।

महाशाखाका अनुसार आज मंगलबार दिउँसो कोशी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षा हुन सक्नेछ। आज राति कोशी र वाग्मती प्रदेशका पहाडी भू–भाग तथा मधेस प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

विज्ञापन

बुधबार दिउँसो कोशी, वाग्मती र गण्डकी प्रदेशका पहाडी भू–भाग तथा मधेस र कोशी प्रदेशका तराई भू–भागका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।

बुधबार राति कोशी, वाग्मती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू–भागका साथै कोशी, वाग्मती र गण्डकी प्रदेशका तराई भू–भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

यस्तै, बिहीबार दिउँसो कोशी, मधेस, वाग्मती र गण्डकी प्रदेशका थोरै स्थान तथा लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुन सक्नेछ।

बिहीबार राति भने कोशी, मधेस, वाग्मती र गण्डकी प्रदेशका केही स्थान तथा लुम्बिनी प्रदेशका थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षा हुन सक्ने महाशाखाको पूर्वानुमान छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka