Premier Cables
Premier Steel

राष्ट्रिय

काठमाडौंमा एमाले कार्यकर्ताले गरे प्रदर्शन, ठाउँठाउँमा झडप र अश्रुग्यास प्रहार

सबिन रोका Hamro Biratnagar News Channel Calendar शनिबार, चैत्र १४, २०८२  | साँझ ४:१८ बजे
Hamro Biratnagar Headlines

काठमाडौं । नेकपा (एमाले) का नेता तथा कार्यकर्ताले शनिबार (चैत १४) काठमाडौंका विभिन्न स्थान, विशेषगरी माइतीघर क्षेत्रमा विरोध प्रदर्शन गरेका छन्। पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई प्रहरीले पक्राउ गरेपछि कार्यकर्ता सडकमा उत्रिएका हुन्।

माइतीघरमा प्रदर्शनका क्रममा कार्यकर्ता र प्रहरीबीच तनाव सिर्जना भएको छ। केही स्थानमा धकेलाधकेल र झडपजस्तै अवस्था समेत देखिएको छ। सुरक्षा व्यवस्थाका लागि ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ।

बिज्ञापन

प्रदर्शनकारीहरूले वर्तमान सरकारविरुद्ध नाराबाजी गरेका छन् भने प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) विरुद्ध पनि आवाज उठाएका छन्। प्रदर्शनका कारण सवारी आवागमन प्रभावित बनेको छ।

यसैबीच, शनिबार बिहान प्रहरीले पूर्वप्रधानमन्त्री ओली र तत्कालीन गृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखकलाई भक्तपुरस्थित निवासबाट नियन्त्रणमा लिएको जनाएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka