Premier Cables
Premier Steel

राष्ट्रिय

आज रामनवमी भव्य मनाइँदै, सार्वजनिक बिदा

नोट: यो समाचार १ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar शुक्रबार, चैत्र १३, २०८२  | बिहान ९:०९ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । आज (चैत १३) चैत्र शुक्ल नवमीका अवसरमा मनाइने रामनवमी पर्व देशभर श्रद्धा र भक्तिपूर्वक भगवान् श्री रामचन्द्रको पूजा–आराधना गरी मनाइँदै छ। यस अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ।

धार्मिक मान्यताअनुसार त्रेतायुगमा अयोध्याका राजा दशरथ र महारानी कौसल्यादेवीका सुपुत्रका रूपमा श्री रामचन्द्रको जन्म यही दिन भएको मानिन्छ। विष्णुको सातौँ अवतारका रूपमा पूजिने रामचन्द्रको जन्म पुनर्वसु नक्षत्रमा भएको बताइन्छ, जसमा कर्कट लग्नमा चन्द्रमा र वृहस्पतिको विशेष योग परेको उल्लेख छ।

बिज्ञापन

उनको कुण्डलीमा सूर्य, मंगल, गुरु, शुक्र र शनि एकैसाथ रहने दुर्लभ योग रहेको जनविश्वास छ। वर्षका चार नवरात्रमध्ये वासन्तीय नवरात्रको नवमीका दिन जन्मिएका रामचन्द्रले राक्षसी प्रवृत्तिको अन्त्य गर्दै आदर्श ‘रामराज्य’ स्थापना गरेको विश्वास गरिन्छ।

धर्मशास्त्रविद् तथा नेपाल पञ्चांग निर्णायक विकास समितिका सदस्य प्रा. डा. देवमणि भट्टराईका अनुसार रामनवमी पर्वले रामजस्तो मर्यादित, अनुशासित र आदर्श राज्य सञ्चालनको प्रेरणा दिने सन्देश बोकेको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka