Premier Cables
Premier Steel

कोशी प्रदेश

इटहरीको पूर्वाञ्चल क्याफेमा आगलागी, नियन्त्रणमा आयो

नोट: यो समाचार ४ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar बुधबार, चैत्र ११, २०८२  | बिहान ११:२१ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । सुनसरीको इटहरीस्थित पूर्वाञ्चल क्याफे तथा आइसक्रिम पार्लरमा आगलागी भएको छ।

अचानक सुरु भएको आगलागीका कारण क्याफेको तल्लो तलामा क्षति पुगेको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ। इटहरी उपमहानगरपालिका–६ मा कोसी राजमार्ग आसपासको व्यस्त बजार क्षेत्रमा रहेको उक्त क्याफेमा लागेको आगो हाल नियन्त्रणमा आइसकेको छ।

बिज्ञापन

प्रहरीका अनुसार आगलागीको कारण खुल्न सकेको छैन, तर विद्युत सर्टका कारण आगलागी भएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ। आगो निभाउन इटहरी, धरान तथा आसपासका पालिकाबाट आएका दमकल, सुरक्षाकर्मी र स्थानीयवासी खटिएका थिए।

आगलागीका कारण आसपासका तथा टाँसिएका घरहरूमा समेत आंशिक प्रभाव परेको जनाइएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka & Sumit Thapa