Premier Cables
Premier Steel

अन्तराष्ट्रिय

इरानले खसालेको अमेरिकी एफ-३५ के हो ? यसको विशेषता के छन् ?

Hamro Biratnagar News Channel Calendar मंगलबार, चैत्र १०, २०८२  | बिहान १०:२९ बजे
Hamro Biratnagar Headlines

इरान । एफ-३५ अमेरिकी एयरोस्पेस कम्पनी लकहिड मार्टिनद्वारा निर्माण गरिएको अत्याधुनिक स्टेल्थ स्ट्राइक लडाकु विमानहरूको शृङ्खला हो। यसको पूर्ण नाम ‘एफ–३५ लाइटनिङ २’ हो, जसलाई विश्वकै सबैभन्दा उन्नत लडाकु विमानमध्ये एक मानिन्छ।

यस विमानको मुख्य विशेषता स्टेल्थ प्रविधि, अत्याधुनिक सेन्सर र उच्च गतिको कम्प्युटिङ प्रणालीको संयोजन हो। यसले दुश्मनको राडारबाट सजिलै पत्ता नलाग्ने क्षमता राख्छ र ३६० डिग्री क्यामेरा तथा सेन्सरमार्फत वरपरको जानकारी प्रत्यक्ष रूपमा पाइलटसम्म पुर्‍याउँछ।

बिज्ञापन

सुरक्षा विश्लेषक तथा पूर्वसैन्य प्रशिक्षक जोन फिलिप्सका अनुसार एफ–३५ को सबैभन्दा महत्वपूर्ण पक्ष यसको राडार सुइट हो। यो हार्डवेयर र सफ्टवेयरको संयोजन हो, जसले सम्भावित खतराहरू पत्ता लगाउने, विश्लेषण गर्ने र प्रतिक्रिया जनाउने काम गर्छ। विभिन्न देशका लागि प्रयोग हुने राडार प्रणाली फरक–फरक हुने बताइन्छ, जसले संवेदनशील प्रविधि अन्य देशले नक्कल गर्न नसकोस् भन्ने उद्देश्य राख्छ।

अमेरिकासँग अस्ट्रेलिया, क्यानडा, इटाली, डेनमार्क, नेदरल्याण्ड्स, नर्वे र बेलायतलगायत देशहरू एफ–३५ निर्माणमा साझेदार छन्। यसबाहेक जापान, दक्षिण कोरिया, इजरायललगायत २० भन्दा बढी देशहरूले यो जेट खरिद गरेका छन्।

एफ–३५ का तीन प्रमुख मोडल रहेका छन्। एफ–३५ए सबैभन्दा धेरै प्रयोग हुने मोडल हो, जसले सामान्य धावनमार्गबाट टेकअफ र अवतरण गर्न सक्छ। एफ–३५बी छोटो धावनमार्ग वा ठाडो रूपमा अवतरण गर्न सक्ने भएकाले कठिन भौगोलिक क्षेत्रमा पनि सञ्चालन गर्न सकिन्छ। एफ–३५सी भने सुपरसोनिक क्षमता भएको मोडल हो, जुन मुख्यतः अमेरिकी नौसेनाले लामो दूरीका स्टेल्थ अपरेशनका लागि प्रयोग गर्छ।

हालै इरानले खसालेको दाबी गरिएको विमान यी तीनमध्ये कुन मोडल हो भन्ने भने खुल्न सकेको छैन।

*** समाप्त ***
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Advertisement

Developed by Phoenix Designs

© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka