Premier Cables
Premier Steel

अन्तराष्ट्रिय

भारतले भन्यो- जारी युद्धका कारण अहिले नै एलपी ग्यासको आपूर्ति घटेको छैन्

नोट: यो समाचार १ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar शुक्रबार, फाल्गुण २९, २०८२  | राती ८:१४ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । पश्चिम एशियामा जारी युद्धका कारण इन्धन आपूर्तिबारे चिन्ता बढिरहेका बेला भारत सरकारले पनि ग्यासको आपूर्ति र प्रयोगमा सहजता अपनाउनु पर्ने स्पष्ट गरेको छ । भारतको पेट्रोलियम तथा प्राकृतिक ग्यास मन्त्रालयकी संयुक्त सचिव सुजाता शर्माले एलपी ग्यासको ढुवानी मार्गलाई लिएर सावधानी आवश्यक रहेको बताएकी हुन्।

हालै भएको अन्तर–मन्त्रालयीय ब्रीफिङमा शर्माले एलपी ग्यास आपूर्तिबारे चर्चा गर्दै भनिन्, “एलपीजी चिन्ताको विषय हो, किनकि आयात हुने ढुवानी जहाजहरू होर्मुज जलमार्ग हुँदै आउँछन्। तर पनि २५ हजार वितरकमध्ये कतै पनि स्टक सकिएको रिपोर्ट आएको छैन।”

बिज्ञापन

पश्चिम एशियामा भइरहेको युद्धको सम्भावित प्रभावबारे बोल्दै उनले एलएनजी र एलपीजी दुवैको आपूर्ति हालसम्म सामान्य रहेको बताइन्। “एलएनजीको आपूर्तिमा कुनै कमी छैन। एलपीजीको पनि अभाव छैन,” उनले भनिन्।

शर्माले उपभोक्तालाई एलपीजीको विकल्प प्रयोग गर्न आग्रह गर्दै भनिन्, “जो उपभोक्ताले एलपीजीबाट पीएनजीमा सर्न सक्छन्, उनीहरूले तुरुन्तै त्यसो गर्नुपर्छ।”

उनका अनुसार करिब ६० लाख परिवार तत्कालै पीएनजीमा सर्न सक्ने अवस्थामा छन्। “सबैभन्दा महत्वपूर्ण कुरा हामीले घरेलु उपभोक्तालाई एलपीजी आपूर्ति गर्न सक्छौं कि सक्दैनौं भन्ने हो, र यसको उत्तर ‘सक्छौं’ भन्ने नै हो,” उनले थपिन्।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka