Premier Cables
Premier Steel

राष्ट्रिय

काठमाडौंमा किन भईरहेछ अत्याधिक वायु प्रदूषण

Hamro Biratnagar News Channel Calendar बुधबार, फाल्गुण २७, २०८२  | बिहान ९:४० बजे
Hamro Biratnagar Headlines

काठमाडौं । राजधानी काठमाडौंको वायु गुणस्तरमा अझै सुधार आउन सकेको छैन । मंगलबार अत्यन्त खराब अवस्थामा पुगेको वायु प्रदूषण बुधबार पनि उच्च स्तरमै रहेको छ र अस्वस्थ तह नजिक पुगेको छ ।

स्विट्जरल्याण्डस्थित रियल–टाइम मापन गर्ने संस्था आईक्यू एयरका अनुसार बुधबार बिहानसम्म काठमाडौंको वायु गुणस्तर सूचकांक (एक्यूआई) १९६ पुगेको छ । एक्यूआई २०० पुगेपछि वायु निकै अस्वस्थ मानिन्छ भने १५० नाघेपछि नै अस्वस्थ श्रेणीमा पर्ने मानिन्छ ।

नेपाल सरकारले निर्धारण गरेको वायु गुणस्तर सूचकांकअनुसार ० देखि ५० सम्म राम्रो, ५१ देखि १०० मध्यम, १०१ देखि १५० संवेदनशील समूहका लागि अस्वस्थ, १५१ देखि २०० अस्वस्थ, २०१ देखि ३०० निकै अस्वस्थ र ३०१ भन्दा माथि पुगे खतरनाक अवस्था मानिन्छ ।

हालको अवस्थाअनुसार काठमाडौं विश्वका सबैभन्दा अस्वस्थ सहरमध्ये चौथो स्थानमा रहेको छ । सूचीको पहिलो स्थानमा भारतको दिल्ली, दोस्रोमा पाकिस्तानको लाहोर र तेस्रो स्थानमा बंगलादेशको ढाका रहेका छन् ।

वायु प्रदूषण बढेसँगै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । मन्त्रालयले अत्यावश्यक कामबाहेक बाहिर ननिस्किन र बाहिर निस्कँदा अनिवार्य रूपमा मास्क प्रयोग गर्न आग्रह गरेको छ ।

*** समाप्त ***
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka