Premier Cables
Premier Steel

राष्ट्रिय

काठमाडौंमा अत्याधिक वायू प्रदूषण

Hamro Biratnagar News Channel Calendar मंगलबार, फाल्गुण २६, २०८२  | अपराह्न १२:२८ बजे
Hamro Biratnagar Headlines

काठमाडौं । देशमा हाल वायु प्रदूषण उच्च छ । काठमाडौं विश्वकै वायु प्रदूषणको सूचीमा दोस्रो स्थानमा छ ।

मंगलबार (फागुन २६) बिहान ९ः४५ बजेको मापनमा काठमाडौंको वायुको गुणस्तर मापदण्ड अर्थात् एयर क्वालिटी इन्डेक्स (एक्यूआई) २१३ छ । जनस्वास्थ्यका निम्ति यो ‘अति अस्वस्थकर’ हो ।

स्वीट्जरल्यान्डमा मुख्यालय रहेको वायु प्रदूषणको स्तर मापन गर्ने अन्तर्राष्ट्रिय संस्था आईक्यू एयरका अनुसार, प्रदूषित सहरको सूचीमा यति बेला काठमाडौंभन्दा अगाडि भारतको दिल्ली २९८ (एक्यूआई) मात्र छ । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)को मापदण्डअनुसार यी सहर ‘अति अस्वस्थकर’को सूचीमा छन् ।

नेपालका कतिपय स्थानमा पानी परेको छ । तर पनि वायु प्रदूषण नघटेको त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान केन्द्रीय विभागका सहप्राध्यापक डा. विनोद पोखरेलले बताएका छन् ।

*** समाप्त ***
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka