Premier Cables
Premier Steel

कोशी प्रदेश

डा. शेखर कोइरालाद्वारा रुबिना आचार्यलाई बधाई, मोरङ-६ सँगको सम्बन्ध निरन्तर रहने

Hamro Biratnagar News Channel Calendar शनिबार, फाल्गुण २३, २०८२  | अपराह्न ३:५० बजे
Hamro Biratnagar Headlines

विराटनगर । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले प्रतिनिधिसभा निर्वाचनको परिणाम स्वीकार गर्दै मोरङ क्षेत्र नम्बर–६ बाट विजयी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की उम्मेदवार रुबिना आचार्यलाई बधाई दिएका छन्।

फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनको परिणामपछि शनिबार वक्तव्य जारी गर्दै उनले लोकतान्त्रिक व्यवस्थामा जनताको निर्णय सर्वोपरि हुने बताएका छन्। उनका अनुसार लोकतान्त्रिक निर्वाचनले जीत–हारभन्दा माथि उठेर स्वस्थ राजनीतिक संस्कार र संस्कृति विकास गर्न मद्दत गर्छ।

कोइरालाले नेपालको एकता, अखण्डता र सार्वभौमिकताको संरक्षण जनताको विश्वास जितेर बनेको लोकतान्त्रिक सरकारले मात्र गर्न सक्ने उल्लेख गर्दै यस निर्वाचनबाट सक्षम र ऊर्जावान युवा नेतृत्व उदाएको बताए।

मोरङ–६ बाट उल्लेख्य मतसहित विजयी भएकी आचार्यलाई बधाई दिँदै उनले आफ्नो कार्यकालमा क्षेत्रका नागरिकको सेवा, सुधार र समृद्धिका लागि हुने काममा आफूले सहयोग र समर्थन गर्ने प्रतिबद्धता जनाए।

उनले निर्वाचनमा आफूलाई मत दिएर विश्वास प्रकट गर्ने मोरङ–६ का सम्पूर्ण मतदाताप्रति आभार व्यक्त गरेका छन्। साथै निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न गराउन भूमिका खेल्ने प्रशासन, सुरक्षा निकाय र सरोकारवालालाई धन्यवाद दिएका छन्।

लामो समयदेखि मोरङ–६ बाट निर्वाचित हुँदै आएको स्मरण गर्दै कोइरालाले पराजय भए पनि यस क्षेत्रसँगको आफ्नो सम्बन्ध र आत्मीयता कहिल्यै नटुट्ने बताए। “मोरङ–६ का जनतासँगको मेरो सम्बन्ध र प्रतिबद्धता सधैं यथावत रहनेछ,” उनले उल्लेख गरेका छन्।

वक्तव्यको अन्त्यमा उनले ‘जय नेपाल’ भन्दै लोकतान्त्रिक मूल्य र मान्यताप्रति आफ्नो प्रतिबद्धता दोहोर्‍याएका छन्।

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
पिन गरिएको समाचार
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka