Premier Cables
Premier Steel

राष्ट्रिय

घुमौँ झापा साइकलमा अभियान

Calendar सोमबार, फाल्गुण ११, २०८२  | साँझ ५:१९ बजे

बिर्तामोड । झापा साइक्लिङ क्लबले स्थापनाको पहिलो भव्य कार्यक्रमको रुपमा घुमौँ झापा साइकलमा आयोजना गर्ने भएको छ । कार्यक्रम दुई रात तीन दिनको हुनेछ ।

कार्यक्रम फागुन ३०, चैत १ र २ गते हुने क्लबका अध्यक्ष आकाश श्रेष्ठले जानकारी दिए । दिगो पर्यटन, स्वस्थ जीवनशैली र सामुदायिक गौरवको अभियानको रुपमा कार्यक्रम हुन लागेको हो ।

कार्यक्रमअन्तर्गत झापाका विभिन्न १२ पालिकाहरुको यात्रा गरिनेछ । पहिलो दिन ६० किलोमिटरको यात्रा तय हुनेछ । मेचीनगर, बुद्धशान्ति, अर्जुनधारा, कनकाई, शिवसताक्षी, गौरीगञ्ज, झापा, बाह्रदशी, कचनकवल, भद्रपुर, हल्दिबरी र बिर्तामोड नगरपालिकाको साइकलमा फन्को लगाइने क्लबका सचिव हिमाल खरेलले जानकारी दिए ।

पर्यटन कार्यालय, काँकरभिट्टाबाट सुरु भएको यात्रा बाहुनडाँगी-४९ धारा-मदन भण्डारी राजमार्ग-बर्ने चिया बगान-अर्जुनधारा जलेश्वरधाम-अर्जुनधारा नगरमा पर्ने सामुदायिक वन हुँदै जामुनखाडी सिमसार भएर दोमुखामा टुंगिनेछ ।

दोस्रो दिन ८० किलोमिटरको यात्रा हुनेछ । दोमुखाबाट सुरु भएको यात्रा माईधार-चिल्लागढधाम-शिवगञ्ज बजार-चौरी-हुलाकीमार्ग-झापा बजार-राजगढ-जलथल जंगल बनियानी हुँदै नेपालकै होचो स्थान कचनकवल पुगेर बनियानी बजारमा यात्रा टुंगिनेछ ।

तेस्रो तथा अन्तिम दिन ५० किलोमिटरको यात्रा हुनेछ । बनियानीबाट किच्चकबध-भद्रपुर-हल्दिबारी हुँदै विराटपोखरी भएर बिर्तामोडमा ‘घुमौँ झापा साइकलमा’ कार्यक्रमको अन्त्य हुने अध्यक्ष श्रेष्ठले जानकारी दिए ।

यात्रामा ५० जना साइकलयात्री तथा २० जना गाइड, मेकानिक र स्वयमसेवक रहनेछन् । कार्यक्रममा कम्तिमा २० प्रतिशत महिला र कम्तिमा २० प्रतिशत झापाबाहिरका सहभागी हुनेछन् ।

*** समाप्त ***
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka