Premier Cables
Premier Steel

कोशी प्रदेश

समाचार टिप्पणीः मोरङ ५ मा योगीको घट्यो लोकप्रियता, वाचा गरे तर काम गरेनन् !

Calendar शुक्रबार, फाल्गुण ०८, २०८२  | अपराह्न २:३५ बजे

विराटनगर । मोरङ क्षेत्र नं. ५ मा पछिल्लो समय जनमतमा उल्लेखनीय परिवर्तन देखिन थालेको छ। गत निर्वाचनमा स्वतन्त्र उम्मेदवारका रूपमा उठेर विजयी भएका योगेन्द्र मण्डलप्रति अहिले जनतामाझ विश्वास क्रमशः घट्दै गएको चर्चा स्थानीय स्तरमा व्यापक रूपमा सुनिन थालेको छ।

स्थानीय बासिन्दाहरूका अनुसार, पार्टी खोल्ने सल्लाहपछि स्वतन्त्र रूपमा चुनाव लडेर जित हासिल गरेका मण्डलले त्यसपछि नयाँ पार्टी (राष्ट्रिय उर्जाशील ) स्थापना गरी आफू अध्यक्षको भूमिकामा रहेका छन्। तर, जनताको अपेक्षाअनुसार नेतृत्व र सक्रिय उपस्थिति नदेखिएको गुनासो बढ्दै गएको बताइन्छ।

जनताका अनुसार, चुनाव जितेपछि तीन वर्षसम्म नेतृत्व तथा मन्त्री पदमा रहँदा पनि क्षेत्रको विकासमा ठोस काम नदेखिएको आरोप लाग्दै आएको छ। स्थानीयहरूले सडक, पूर्वाधार, कृषि क्षेत्र र रोजगारीसँग सम्बन्धित योजनामा अपेक्षित प्रगति नदेखिएको भन्दै निराशा व्यक्त गरेका छन्। “न सडक बन्यो, न पूर्वाधार विकास भयो, न किसानका लागि ठोस कार्यक्रम आयो,” भन्ने प्रतिक्रिया विभिन्न स्थानमा सुनिन थालेको छ।

यसैबीच, मण्डलसँग सम्बन्धित क्षेत्रमै सञ्चालनमा रहेको लघुवित्त संस्था “जीवन विकास ” सँग जोडिएका विषयहरू पनि जनचर्चाको केन्द्रमा रहेका छन्। केही सेवाग्राहीहरूले उच्च ब्याजदर र ऋणको दबाबका कारण आर्थिक कठिनाइ भोग्नुपरेको गुनासो गर्दै आएका छन्, जसका कारण जनतामाझ असन्तुष्टि झन् बढेको स्थानीयहरू बताउँछन्।

राजनीतिक विश्लेषकहरूका अनुसार जनतासँग प्रत्यक्ष सम्पर्कको कमी, अपेक्षाअनुसार विकास नदेखिनु र क्षेत्रीय मुद्दामा सक्रियता कमजोर देखिनुजस्ता कारणहरूले नेतृत्वप्रतिको भरोसा घट्न सक्छ। स्थानीयहरू भन्छन्, “हामीले विश्वास गरेर जितायौं, तर जनताको बीचमा उपस्थिति र विकास दुवै देखिन सकेन।”

यससँगै मोरङ क्षेत्र नं. ५ मा यसपालि जनताबीच फरक सोच स्पष्ट रूपमा देखिन थालेको छ। स्थानीय मतदाताहरू भन्छन् कि यसपटक उनीहरू पार्टीभन्दा पनि व्यक्तित्व र कामलाई आधार बनाएर निर्णय गर्ने तयारीमा छन्।
जनताका अनुसार, “हामीलाई अब केवल पार्टीको नाम होइन, काम गर्ने मान्छे चाहिएको छ।

हामी मान्छे चिनेर भोट दिन्छौँ, जसले वास्तवमै विकास गर्न सक्छ।” क्षेत्रका बासिन्दाहरूले लामो समयदेखि विकासको अभाव महसुस भइरहेको बताउँदै सडक, पूर्वाधार, कृषि, रोजगारी र आधारभूत सेवामा प्रगति नदेखिएको भन्दै निराशा बढेको उल्लेख गरेका छन्।

स्थानीयहरू स्पष्ट रूपमा भन्छन्, “यसपालि हामीलाई नेता वा पार्टीसँग मात्र मतलब छैन, कामसँग मतलब छ। हाम्रो क्षेत्र नं. ५ मा विकासको कमी छ, त्यसैले अब विकास गर्ने सक्षम व्यक्तिलाई नै भोट दिनेछौँ।” युवाहरू र स्थानीय अगुवाहरूका अनुसार अबको चुनावमा नारा र वाचाभन्दा पनि कामको मूल्यांकन नै मुख्य आधार बन्ने देखिएको छ।

चुनाव नजिकिँदै जाँदा मोरङ–५ मा देखिएको यस्तो बदलिँदो जनधारणा आगामी राजनीतिक समीकरणका लागि निर्णायक बन्न सक्ने आँकलन गरिएको छ।

यससँगै मोरङ क्षेत्र नं. ५ मा यसपालि जनताबीच फरक सोच स्पष्ट रूपमा देखिन थालेको छ। स्थानीय मतदाताहरू भन्छन् कि यसपटक उनीहरू पार्टीभन्दा पनि व्यक्तित्व र कामलाई आधार बनाएर निर्णय गर्ने तयारीमा छन्।
जनताका अनुसार, “हामीलाई अब केवल पार्टीको नाम होइन, काम गर्ने मान्छे चाहिएको छ।

हामी मान्छे चिनेर भोट दिन्छौँ, जसले वास्तवमै विकास गर्न सक्छ।” क्षेत्रका बासिन्दाहरूले लामो समयदेखि विकासको अभाव महसुस भइरहेको बताउँदै सडक, पूर्वाधार, कृषि, रोजगारी र आधारभूत सेवामा अपेक्षित प्रगति नदेखिएको भन्दै निराशा बढेको उल्लेख गरेका छन्।

स्थानीयहरू स्पष्ट रूपमा भन्छन्, “यसपालि हामीलाई नेता वा पार्टीसँग मात्र मतलब छैन, कामसँग मतलब छ। हाम्रो क्षेत्र नं. ५ मा विकासको कमी छ, त्यसैले अब विकास गर्ने सक्षम व्यक्तिलाई नै भोट दिनेछौँ।”

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka