Premier Cables
Premier Steel

राष्ट्रिय

रास्वपाकी मधेस संस्थापक सभापति ममताले दिइन् राजीनामा

Calendar बुधबार, फाल्गुण ०६, २०८२  | अपराह्न ३:०६ बजे

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले मधेसका संस्थापक सभापति ममता शर्माले राजीनामा दिएकी छिन् । “राजनीतिमा युवा पुस्ता आउनुपर्छ” र “जान्नेलाई छान्ने” भन्ने मूल नारा भए पनि व्यवहारमा ठीक विपरीत शैली भएको भन्दै उनले रास्वपाको साधारण सदस्यबाट समेत नरहने उनले विज्ञप्तिमार्फत राजीनामा दिएकी हुन् ।

उनले विज्ञप्तिमा भनेकी छिन्, ‘राजनीतिमा युवा पुस्ता आउनुपर्छ र जान्नेलाई छान्ने भन्ने मूल नाराले प्रेरित भई म यस पार्टीमा आवद्ध भएकी थिएँ। तर आसन्न फागुन २१ गतेको निर्वाचन सम्बन्धित पार्टीले अवलम्बन गरेको पद्धति, पार्टीको निर्णय तथा कार्यशैली रास्वपाको स्थापनाकालीन मूल्य, पार्टी विधान र सार्वजनिक प्रतिबद्धताभन्दा ठीक विपरीत भएको अनुभव गरेको छु ।’

उनले रास्वपामा दिनरात खटिएका क्षमतावान घण्टी मित्रहरूको योगदानको उचित मूल्यांकन नभएको, विधि र विधान विपरीत क्रियाकलापहरू भएको, पार्टीका सिद्धान्तहरू व्यवहारमा कार्यान्वयन नभएको आरोप लगाएकी छिन् । उनले मुख्यगरी रास्वपामा आर्थिक अनियमितताबाट पार्टीका निर्णयहरू भएकोले आफू यी सबै क्रियाकलापहरूको साक्षी बसेर अब मौन रहिरहन नसकेको बताएकी छिन्।

‘मूलत: आर्थिक अनियमितताबाट पार्टीका निर्णयहरु प्रेरित भएकोबाट मेरो आत्मसम्मान र राजनीतिक मूल्यहरूमाथि आँच आउने परिस्थिति बनेको छ । यी सबै क्रियाकलापहरूको साक्षी बसेर म अब मौन रहिरहन असमर्थ छु।’ उनले भनेकी छिन् ।

बाराकी ममता जसले रास्वपालाई मधेसमा एक एक गरी फूलको माला जस्तै जोडेकी थिइन् । मधेशमा एकढिक्का बनाएर आठ जिल्लामा चिनाएकी थिइन् । तर पार्टीका पार्टी प्रवक्ता मनिष झा र अमेश सिंहको मिलेमतोमा रविले पैसामा टिक अर्कैलाई टिकट बाँडेपछि उनी असन्तुष्ट भएकी थिइन् । साथै संस्थापक सभापति शर्माले टिकट नपाएपछि पार्टीभित्र आन्तरिक विवाद सतहमा देखिएको थियो ।

उनले पनि पार्टीका सभापति, प्रवक्ता र उच्च तप्कामा बसेका शीर्ष नेताहरूलाई पटक पटक टिकटमा किन अन्याय भयो भनेर प्रश्न गर्दा उनको प्रश्नलाई पार्टीले बेवास्ता गर्दै आएको थियो ।

*** समाप्त ***
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka