Premier Cables
Premier Steel

राष्ट्रिय

सडकमा पैदल यात्रुलाई झापु हान्ने कार चालक परे प्रहरी फन्दामा (हेरौं भिडियो)

Calendar मंगलबार, फाल्गुण ०५, २०८२  | साँझ ६:०५ बजे

विराटनगर । काठमाडौंमा एक जना पैदलयात्रीलाई कुटपिट गर्ने कार चालकलाई प्रहरीले पक्राउ गरेको छ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एसपी नरेशराज सुवेदीले मंगलबार नै ती व्यक्तिलाई पक्राउ गरी जिल्ला प्रहरी परिसर काठमाडौंमा बुझाइएको जानकारी दिए।

पक्राउ पर्नेमा पुर्ख्यौली घर बैतडी भई हाल काठमाडौंको बालुवाटार बस्ने ४२ वर्षका पारस बम छन्।

‘उहाँलाई नियन्त्रणमा लिएर आजै प्रहरीमा बुझाएका छौं’, एसपी सुवेदीले भने।

उनका अनुसार उक्त घटना नारायणगोपाल चोक क्षेत्रको हो। गाडी रोकिएको समयमा एक जना पैदलयात्री बीच सडकमा हिँडेको अवस्थामा बमले कारबाट झरेर उनीमाथि कुटपिट गरेका थिए।

उक्त भिडिओ सामाजिक सञ्जालमा भाइरल भएको थियो। त्यस विषयमा थप अनुसन्धान परिसरबाटै हुने एसपी सुवेदीले बताए।

 

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
पिन गरिएको समाचार
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka