Premier Cables
Premier Steel

कोशी प्रदेश

बालेन चार घण्टा विराटनगर बसेर सुटुक्कै काठमाडौ उडे

Calendar मंगलबार, फाल्गुण ०५, २०८२  | साँझ ५:१० बजे

विराटनगर । राष्ट्रिय स्वतन्त्र पार्टीका नेता बालेन्द्र (बालेन) शाहले मंगलबार विराटनगरमा करिब चार घण्टा बिताए । उनी झापाबाट सुटुक्क विराटनगर आए । विमानस्थल नजिकैको पर्पलहेज होटलमा बसे । उनी आएको विराटनगरका रास्वपा कार्यकर्ताले थाहा पाएनन् । त्यसपछि अपरान्हको प्लेन चढेर बालेन काठमाडौँ फर्किए ।

उनी बालेन मंगलबार बिहान करिब ११ बजेतिर एयरपोर्ट रोडको ‘पर्पल हेज’ होटेल पुगेका थिए । उनी १२ बजेको बुद्ध एयरबाट काठमाडौं जाने तयारी थियो । तर, विमान डिले भयो । त्यसपछि उनी करिब ३ बजेमात्र काठमाडौ उडे ।

विराटनगरमा झण्डै चार घण्टा बस्दा पनि रास्वपाका मोरङका नेता तथा कार्यकर्ताहरूले पत्तो समेत पाएनन्। सामान्यतया पार्टीका माथिल्लो तहका नेताहरू जिल्ला भ्रमणमा आउँदा स्वागत र भेटघाटको तामझाम हुने गर्छ । तर, बालेनको यो बसाइ पूर्णतया गोप्य राखिएको थियो ।

बालेन भोलिदेखि सुरु हुने रास्वपाको देशव्यापी चुनावी सभाको तयारीका लागि उनी काठमाडौँ फर्किएको बताइएको छ । रास्वपाले धनगढीबाट आफ्नो चुनावी सभाको शुरु गर्दैछ । यसकै तयारीका लागि उनी काठमाडौ गएका हुन् ।
बालेन झापाको घरदैलोमा सहभागी हुन केही दिनयता यतै थिए ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
पिन गरिएको समाचार
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka