Premier Cables
Premier Steel

राजनीति

बालेन कहिले झर्दैछन् झापा-५, के छ चुनावी रणनीति ?

नोट: यो समाचार १ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar शुक्रबार, माघ ०२, २०८२  | बिहान ८:२७ बजे
Hamro Biratnagar Headlines

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले माघ ४ गते पदबाट राजीनामा दिएर झापा–५ बाट आगामी

फागुन २१ को निर्वाचनमा उम्मेदवारी दिने तयारी गरेका छन्। प्रधानमन्त्री पदको लक्ष्यसहित मैदानमा उत्रन लागेका बालेनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता गर्दै झापालाई आफ्नो चुनावी क्षेत्र बनाएका हुन्।

बालेन माघ ५ गते जनकपुरमा हुने रास्वपाको चुनावी घोषणा सभामा सहभागी भई मधेशबाट अभियान सुरु गर्ने र माघ ६ गते झापा पुगेर उम्मेदवारी दर्ता गर्ने योजनामा छन्। यसअघि माघ ४ मै उनले औपचारिक रूपमा रास्वपा कार्यालय प्रवेश गर्ने कार्यक्रम तय भएको छ।

झापामा चुनावी अभियानलाई प्रभावकारी बनाउन बालेनको टिमले ३ देखि ४ वटा घर भाडामा लिने प्रक्रिया अन्तिम चरणमा पुर्‍याएको छ। तीमध्ये तीन घरलाई फरक–फरक जिम्मेवारीका लागि प्रयोग गरिनेछ।

एक घर सामाजिक सञ्जाल र डिजिटल कन्टेन्ट निर्माणका लागि छुट्याइनेछ, जहाँ करिब १५ जनाको विशेष टिम सक्रिय हुनेछ।

दोस्रो घर बालेन स्वयं र उनका नजिकका सहयोगीहरूको राजनीतिक जमघट, भेटघाट र रणनीतिक छलफलका लागि प्रयोग हुनेछ।

तेस्रो घर काठमाडौंबाट जाने ब्याकअप टिम तथा पूर्व महानगर टिमका सदस्यहरूको फिल्ड व्यवस्थापन र गृहकार्यका लागि प्रयोग गर्ने योजना छ।

बालेनले झापामा मतदातालाई आदिवासी, युवा, महिला, वृद्ध र विदेशमा रहेका मतदाताजस्ता विभिन्न समूहमा वर्गीकरण गरी लक्षित एजेन्डासहित प्रचार गर्ने रणनीति बनाएका छन्। आवश्यक परे विदेशमा रहेका मतदातालाई चुनावको समयमा नेपाल ल्याउन पहल गर्ने योजना पनि समूहले बनाएको छ।

एमाले अध्यक्ष केपी शर्मा ओली निर्वाचित हुँदै आएको क्षेत्र झापा–५ बाट प्रतिस्पर्धा गर्नु जोखिमपूर्ण हुने सुझाव नआएको भने होइन। तर बालेनले “प्रधानमन्त्री बन्न पूर्वप्रधानमन्त्रीलाई हराउनै पर्छ” भन्ने तर्क गर्दै यही क्षेत्र रोजेको बालेन निकट नेताहरू बताउँछन्।

रास्वपाका अनुसार झापामा पार्टीका १६ हजारभन्दा बढी सदस्य छन्, जसमध्ये ठूलो हिस्सा एमालेबाट असन्तुष्ट भएर आएका कार्यकर्ता हुन्। वडास्तरसम्म फैलिएको रास्वपाको ‘र्‍यापिड एक्सन टिम’ (RAT) पनि चुनावी प्रचारमा खटिनेछ।

हालै काठमाडौंबाट बालेनको एक टिम झापा पुगिसकेको छ। उक्त टिमले स्थानीय रास्वपा नेतृत्वसँग समन्वय गर्दै घर छनोट र वस्तुस्थितिको अध्ययन गरिरहेको छ।

छनोट भएका तीन घरबाट बालेनको चुनावी अभियान तीव्र गतिमा अघि बढाइने तयारी छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka