Premier Cables
Premier Steel

कोशी प्रदेश

जसपा उम्मेदवार राजकुमार यादवले सार्वजनिक गरे चुनावी प्रतिवद्धता

Calendar मंगलबार, फाल्गुण ०५, २०८२  | अपराह्न २:४१ बजे

विराटनगर । मोरङ ५ का जसपाका राजकुमार यादवले आफ्नो प्रतिवद्धता पत्र सार्वजनिक गरेका छन् ।

उनले सामुदायिक विद्यालयलाई सीपमुलक र प्राविधिमैत्री बनाउने, विपन्न र जेहेन्दार विद्यार्थीलाई अवसरबाट बञ्चित हुन नदिने, उच्च शिक्षामा स्थानीयस्तरमै अवसर सिर्जना गर्ने, हरेक वडामा प्रभावकारी स्वास्थ्य सेवा दिने, बन्द उद्योग पुनःसंचालन गर्ने वातावरण बनाउने, सीप विकास, स्टार्टअप र स्वारोजगारमा प्रत्यक्ष सहयोग गर्ने, बाँझो पर्ती जमिन राख्न नदिने र उत्पादन बढाउने, दुग्ध, तरकारी, फलफूल तथा पशुपालनमा शिवेष अभियान संचालन गर्ने उल्लेख गरेका छन् ।

यादव भन्छन्,‘‘म विगतमा पनि यो क्षेत्रमा उमेदवार थिएँ तर जित्न सकिएन यो पटक जितेर गएँभने जनभावनाअनुसार काम गर्नेछु ।’’

अग्रवालले मोरङ-५ लाई समग्र रूपमा विकास र समृद्ध बनाउने लक्ष्यसहित प्रतिबद्धतापत्र सार्वजनिक गरेको उल्लेख गर्दै चुनावको नतिजा जे भए पनि जनतासँग सधैं काम गर्ने प्रतिबद्धता व्यक्त गरे।

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka