






विराटनगर । सुत्केरी व्यथाले छटपटिएकी महिलाको उद्धार गरेकी प्रहरी जवान पुरस्कृत भएकी छिन् ।
उनले प्रसव ब्यथाले च्यापेकी एक गर्भवतीलाई सहयोग गर्दै गरेको तस्विर अहिले सामाजिक सञ्जालमा निकै भाइरल बन्न पुगेको छ । तिनै महिला प्रहरी जसले मातृत्वको रक्षा र नवजात शिशुको नयाँ जीवनको लागि सहयोग गरिन उनलाई पुरस्कृत गरिएको हो ।
कैलालीको गोदावरी नगरपालिका–१, वसन्तपुरमा मंगलबार सुत्केरी व्यथा लागेर सडकमा छटपटाइरहेकी चन्द्रा आचार्यको उद्धार गराएकी प्रहरी जवान पुरस्कृत भएकी छन् । बुधबार प्रशंसा पत्र र रेकर्डमा जनिने गरी पुरस्कृत गरिएको कैलाली प्रहरी प्रमुख एसपी बालनरसिंह राणाले बताए ।
सडकमै व्यथा लागेर लडेकी महिलालाई प्रहरी जवान चन्द्रिका देउवाले सुरक्षित स्थानमा लगिन् । शिशुलाई सुरक्षित जन्म दिएपश्चात चन्द्रिकाले पद्मा अस्पताल पुर्याएकी थिइन् ।
अहिले महिला र शिशुको अवस्था सामान्य छ । चन्द्रिकाको कामको सामाजिक सञ्जालमा प्रशंसा भइरहेको छ ।