Premier Cables
Premier Steel

राजनीति

सुनिल शर्माविरुद्ध आयोगमा उजुरी, दश लाख बाँढेको आरोप

Calendar बुधबार, माघ १४, २०८२  | अपराह्न ३:१९ बजे

विराटनगर । नेपाली कांग्रेसका मोरङ क्षेत्र नम्बर ३ का उम्मेदवार सुनिल शर्माविरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता भएको छ। चुनावी प्रचारका क्रममा १० लाख रुपैयाँ बाँडेको आरोपसहित आयोगमा उजुरी परेको हो।

राष्ट्रिय ऊर्जाशील पार्टीका सोही क्षेत्रका उम्मेदवार भुवनकुमार वाग्लेले शर्माविरुद्ध उजुरी दर्ता गराएका हुन्। वाग्लेले दिएको उजुरीमा शर्माले चुनाव प्रचारकै क्रममा यम बुद्ध फाउन्डेसनलाई १० लाख रुपैयाँ प्रदान गरेको दाबी गरिएको छ।

बिज्ञापन

उजुरीमा उम्मेदवारले मतदातालाई प्रभावित पार्ने उद्देश्यले रकम वितरण गरेको भन्दै यसलाई निर्वाचन आचारसंहिताविपरीत कार्य भएको उल्लेख गरिएको छ। साथै, निर्वाचन क्षेत्रमा नागरिकलाई ५० प्रतिशत निःशुल्क उपचार उपलब्ध गराउने नाममा पनि मतदाता प्रभावित पार्न खोजिएको आरोप लगाइएको छ।

उक्त विषयमा निर्वाचन आयोगले आवश्यक छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

*** समाप्त ***
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka