अरुले पाउने टुंगो छैन्, सुनील शर्मा टिकट लिएर विराटनगर उडे
सोमबार, माघ ०५, २०८२ |
साँझ ६:१७ बजे
काठमाडौं । नेपाली कांग्रेसले मोरङ निर्वाचन क्षेत्र नम्बर–३ बाट सुनील शर्मालाई प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनाउने भएको छ। शर्मा यसअघि पनि सोही क्षेत्रबाट निर्वाचित भएका थिए।
आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि कांग्रेसको तर्फबाट उम्मेदवारीको टिकट लिएर शर्मा विराटनगरतर्फ प्रस्थान गरिसकेको जानकारी उनीनिकट नेविसंघका नेता भुवन भट्टले दिएका छन्।
“उहाँ टिकट लिएर विराटनगर उडिसक्नुभएको छ,” भट्टले भने, “पार्टी सभापति गगन थापाले बोलाएर टिकट दिनुभएको हो।”