Premier Cables
Premier Steel

अन्तराष्ट्रिय

महाराष्ट्रका उपमुख्यमन्त्री अजित पवारको विमान दुर्घटनामा निधन

नोट: यो समाचार ४ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar बुधबार, माघ १४, २०८२  | बिहान १०:५८ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

बारामती । महाराष्ट्रका उपमुख्यमन्त्री अजित पवार बुधबार बारामतीमा भएको विमान दुर्घटनामा निधन भएको छ। उनी सवार विमान अवतरणको प्रयासका क्रममा धावनमार्गबाट चिप्लिएर दुर्घटनाग्रस्त भएको स्थानीय प्रशासनले जनाएको छ।

नागरिक उड्डयन महानिर्देशनालय (DGCA) का अनुसार विमानमा कुल छ जना सवार थिए। दुर्घटनामा उपमुख्यमन्त्री पाटिलसहित सबै यात्रुको घटनास्थलमै मृत्यु भएको पुष्टि गरिएको छ।

बिज्ञापन

बारामती अस्पतालमा उपस्थित पाटिलका एक निकट सहयोगीले भने, “सबै यात्रुलाई मृत अवस्थामा अस्पताल ल्याइएको थियो।”

६६ वर्षीय पाटिल जिल्ला परिषद् निर्वाचनको प्रचारका लागि चारवटा जनसभामा सहभागी हुन बारामती जाँदै थिए।

बारामती विमानस्थलका प्रबन्धक शिवाजी तावरेका अनुसार मुम्बईबाट चार्टर गरिएको Learjet 45 विमान अवतरणका क्रममा रनवेबाट बाहिरिएर दुर्घटनामा परेको हो।

उक्त विमानस्थल हालै मात्र निजी सञ्चालकबाट महाराष्ट्र एयरपोर्ट डेभलपमेन्ट कम्पनीलाई हस्तान्तरण गरिएको थियो।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka & Sumit Thapa