Premier Cables
Premier Steel

खेलकुद

ब्याडमिन्टन एशियाद्वारा कृतन र मन्दिराको स्तरोन्नति

नोट: यो समाचार १० महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar मंगलबार, जेठ ०६, २०८२  | राती ८:५३ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । नेपाली ब्याडमिन्टनका निर्णायकद्वय कृतन खड्का र मन्दिरा न्यौपानेको ब्याडमिन्टन एशियाले स्तरोन्नति गरेको छ ।

ब्याडमिन्टन एशियाले कृतनलाई एक्रिडिटेड अम्पायरबाट सर्टिफाईड अम्पायर र मन्दिरालाई रिजनल अम्पायरबाट एक्रिडिटेड अम्पायरमा स्तरोन्नति गरेको हो ।

बिज्ञापन

कृतनले चाईनाको निङ्गबो सहरमा २०८१ चैत्र २६ देखि ३१ ९ अप्रिल ८–१३, २०२५ सम्म आयोजना भएको ब्याडमिन्टन एशिया च्याम्पियनसिप २०२५ का दौरान ब्याडमिन्टन एशियाद्वारा लिएको निर्णायक परीक्षामा आफुलाई अब्बल कायम गर्दै सर्टिफाईड अम्पायरमा स्तरोन्नति गरेका हुन् । नेपालबाट कृतनका साथ दीपक थापा र ओम बिक्रम राना गरी तीन सर्टिफाईड अम्पायर भएका छन् ।

यस्तै नेपालमा आयोजना भएको दक्षिण एशियाली जुनियर च्याम्पियनसिपका दौरान भएको परिक्षामार्फत रिजनल अम्पायरमा उत्तीर्ण भएकी सशस्त्र प्रहरी बलमा कार्यरत मन्दिराले आफुलाई अझ उचाईमा पुर्याउने क्रममा जुलाई २०२४ मा इन्डोनेशियामा आयोजना भएको एशिया जुनियर च्याम्पियनसीपका दौरान ब्याडमिन्टन एशियाले लिएको एक्रिडिटेड परीक्षा उत्तीर्ण गर्न सफल भएकी हुन् ।

उनी नेपालबाट एक्रिडिटेड अम्पायर हुने दोश्रो महिला हुन् । यसअघि बाँकेकी समन इकवालले उक्त परीक्षा उत्तीण गर्दै नेपालबाट पहिलो एक्रिडिटेड महिला ब्याडमिन्टन निर्णायकको रुपमा परिचय गराएकी थिइन् । नेपालबाट मन्दिरा, इकबाल र सुमित शाक्य गरी तीन एक्रिडिटेड अम्पायर भएका छन् ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka