Premier Cables

बैंक तथा वित्त

पौडेललाई गर्भनर बनाउने मन्त्रिपरिषद्को निर्णय

नोट: यो समाचार २ महिना अघिको हो

Calendar मंगलबार, जेठ ०६, २०८२  | साँझ ६:५२ बजे

विराटनगर । नेपाल राष्ट्र बैंकको गर्भनरमा अर्थविद् विश्वनाथ पौडेललाई नियुक्त गर्ने मन्त्रिपरिषद बैठकले निर्णय गरेको छ । पौडेल राष्ट्र बैंकको १८ औं गभर्नर हुने छन् ।

मंगलबार साँझ बालुवाटारमा बसेको मन्त्रिपरिषदले पौडेललाई गभर्नर नियुक्त गर्ने निर्णय गरेको हो । सरकारका प्रवक्ता सञ्चार मन्त्री पृथ्वीसुब्बा गुरूङका अनुसार सिफारिस भएका तीन जनाबाट पौडेललाई नियुक्त गर्ने निर्णय भएको हो ।

बिज्ञापन

अर्थमन्त्री विष्णु पौडेल संयोजक रहेको गभर्नर सिफारिस समितिले पौडेलसहित नेपाल राष्ट्र बैंककी कायममुकायम गभर्नर नीलम ढुंगाना र पूर्वसचिव दिनेश भट्टराईको नाम सिफारिस गरेको थियो ।

यसअघि प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाले छलफल गरी पौडेललाई गर्भनर बनाउने सहमति गरेका थिए ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
Eastern College
aarya
Vianet
DPS
Web Surfer
ACS
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Pigeon Advertising Biratnagar
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka